विराटनगर जेसीजद्वारा नयाँ वर्ष २०८२ को शुभारम्भ तथा पात्रो बिमोचन कार्यक्रम उत्सवपूर्वक सम्पन्न Posted on 02-05-2025

विराटनगर, वैशाख १ – विराटनगर जेसीजको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा पात्रो विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। २०८२ वैशाख १ गते, सोमबार (अप्रिल १४, २०२५) का दिन सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा विराटनगर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष श्री अर्जुन गिरीज्यूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता बिराटनगर जेसीज २०२५ का अध्यक्ष जेसी प्रितेश राज दाहालले गर्नुभएको थियो भने, कार्यक्रम संयोजकको रूपमा जेसी सनराइज चौधरीले कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्नुभएको थियो। नयाँ वर्षको शुरुवात एकता, शुभकामना र उमंगका साथ मनाइएकाले उपस्थित सबैलाई वर्ष २०८२ को सुख, समृद्धि र नेतृत्वदायी यात्रा रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो।


Whoops, looks like something went wrong.