बाह्रदशी जेसीज द्धारा वित्तिय साक्षरता कार्यक्रम
२०७९/२/२२( 4 June 2022)!!! बाह्रदशी जेसीजले NIC ASIA को सहकार्यमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथि बाह्रदशी गा.पा वडा नं ३ का वडा अध्यक्ष टंक प्रसाद शाह हुनुहुन्थ्यो । चिफ ट्रेनर रोहित अधिकारीज्यूको सहजिकरण रहेको कार्यक्रमलाई जेसी प्रकाश फुयाल ले संयोजकत्व गर्नुभयो । वर्ष २०२२ का अध्यक्ष जेसी पुष्पलाल धमलाज्यूले सभापतित्व गर्नुभएको कार्यक्रमलाई जेसीज आस्था वाचन सदिच्छा खड्काले गर्नुभयो ।
वर्ष २०२२का कार्यकारिणी उपाध्यक्ष जेसी खगेन्द्र सुवेदीले स्वागत मन्तव्य दिदै कार्यक्रम अघि बढेको थियो । कार्यक्रमलाइ सफल बनाउन जेसीज मनहरु साथै विभिन्न राजनितीक, समाजसेवी,शिक्षक, वित्तीय संस्थामा आबद्ध व्यक्तित्वहरुको उपस्थिति थियो । वर्ष २०२२ का महासचिव टंक बहादुर कार्कीले संचालन गर्नुभएको कार्यक्रमलाई समापन २०२२ का अध्यक्ष जेसी पुष्पलाल धमलाले गर्नुभयो ।