नवलपुर, कार्तिक १० ।
नवलपुर जेसीजले कावासोतीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
नेपालीका महान् पर्वहरु शुभ दिपावली, नेपाल सम्बत र छठ लगायत पर्वहरुको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम कावासोती३ स्थित जेसीज भवनमा गरेको हो ।
नवलपुर जेसीज बर्ष २०२२ का अध्यक्ष राधिका भुसालको अध्यक्षतामा भएको शुभकनमना आदान प्रदान कार्यक्रममा जेसीज सदस्य, पूर्व अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष नवराज सुवेदी र मानार्थ सदस्य टंक प्रसाद लुईटेलले मन्तब्य राखेका थिए ।