कपिलबस्तु जेसीजका
उपाध्यक्ष
,सफल व्यवसायी तथा समाज सेवीको छवि बनाएका तिलकराम ( टिआर) पाण्डे आफ्नो जन्मदिन मनाउन पुर्नस्थापना केन्द्रमा पुगेका छन् । विहिबार परेको जनमदिनको अवसरमा उनी वाणगंगा १ शान्तिटोलस्थित भर्खरै खुलेको फ्रिडम फाउण्डेसन तथा लागु औषध मादक पदार्थ उपचार तथा पुर्नस्थापना केन्द्रमा पुगि २८ औँ जन्मदिन मनाएका हुन् ।
उपाध्यक्ष पाण्डे कपिलवस्तु जेसिजका अध्यक्ष अमृत घिमिरे, कानुनी सल्लाहाकार प्रविन पौडेल, जेसिजका पूर्व महासचिव राजेन्द्र अर्याल, युवा नेता तिलक थापा लगायत एकाविहानै दैनिक उपभोग्य कुराहरु खाधान्न , दाल, चामल, तेल, प्याज आदि लिएर पुर्नस्थापना केन्दमा पुगेका थिए । उपचार केन्द्रमा अहिले ३० बढी व्यक्तिहरुले पुर्नस्थापनाको जीवन व्यतित गरिरहेका छन् ।