धुलाबारी जेसीजको होली मिलन कार्यक्रम सम्पन्न

2023-03-08

धुलाबारी जेसीजले फाल्गुन २३ गते मंगलबारका दिन साखाका बोर्ड पदाधिकारी, धुलाबारी जेसीजका सदस्य, आजीवन सदस्य र पुर्व अध्यक्ष ज्युहरुको उपस्तिथीमा होली मिलन कार्यक्रमको आयोजना गरेको छ | मेचीनगर १० स्थीत धुलाबारी जेसीजको सचिवालय पासाङ्ग् लह्मु स्मृति जेसीज प्रतिष्ठानको प्रांगणमा होली मिलन कार्यक्रमको आयोजना भएको थियो | धुलाबारी जेसीजका कम्युनिटी सेक्टरका उपाध्यक्ष जेसी स्यामा सिवाकोटीको सयोजकत्वमा भएको उक्त कार्यक्रमको अध्यक्षता धुलाबारी जेसीजका अध्यक्ष जेसी योगेश राजबशीले गरेका थिए | कार्यक्रममा धुलाबारी जुनियर जेसीज साथै चारआली जेसीजका बोर्डका पदाधिकारी ज्युहरुको समेत उपस्थिति रहेको थियो | कार्यक्रममा धुलाबारी जेसीजका सस्थापक अध्यक्ष जेसी हरिस कुमार श्रेष्ठ ज्युको समेत उपस्थिति रहेको थियो |  कार्यक्रमको सचालन धुलाबारी जेसीजका जोइन्ट सेक्रेटरी जेसी शैलेस गौतमले गरेका थिए |  

कार्यक्रममा एक अका बाट रंग लगाई शुभकामना साटा साट गर्नू संगै साना हरुले ठुला हरुबाट आशिर्बाद समेत लिने काम गरेका थिए | 


JCI News Archive