आइसिटी दिवस को अवसर पारेर बर्दघाट जेसिज र क्यान महासंघ नवलपरासीको संयुक्त आयोजनामा साइबर सेक्युरिटी सम्बन्धी एक दिने सचेतना कार्यशाला सम्पन्न भएको छ ।
प्रविधि ले मानव जीवनलाई सहज र थप विकासका लागि प्रयोग हुनुपर्ने प्रमुख प्रशिक्षक तथा नेपाल जेसिज वर्ष 2018 का राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर श्रीधर बस्याल ले बताउनु भयो । उहाँले प्रविधिको विकास सँगै हामीमा प्रविधिको दुरुपयोग बढेको र प्रविधिको सही सदुपयोग गर्न नजान्दा हामीलाई थप दुर्घटनामा पुर्याउन सक्ने तर्फ सचेत हुनु पर्ने बताउनु भयो । कार्यक्रममा सफ्टवेयर इन्जिनियर ज्ञानेश्वर गौण ले प्रविधिमा लाग्दै गरेका विद्यार्थी हरुलाई सही प्रयोग कसरी गर्ने तथा सुरक्षा का उपाय हरुमा सहजीकरण गर्नु भएको थियो । क्यान महासंघ नवलपरासीका अध्यक्ष सन्तोष कुमार रौनियार ले जेसिज सँगको सहकार्यमा राखिएको यस कार्यक्रम ले विद्यार्थी भाइबहिनी हरुमा प्रविधिको प्रयोग सम्बन्धी केही जानकारी दिन पाइएको मा खुसी व्यक्त गर्दै आफूले सिकेका कुराहरू अन्य साथीहरूलाई पनि जानकारी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रम मा बर्दघाट जेसिज का अध्यक्ष जेसी गणेश पाण्डे सीसम ले प्रविधि बिना मनाव जीवन असम्भव रहेको बताउँदै प्रविधिको उच्चतम प्रयोग सुरक्षित तरिकाले गर्नु पर्ने बताउनु भएको थियो । करिब ६० जनाको उपस्थितिमा भएको यस कार्यशाला को सञ्चालन महासचिव जेसी युवराज चापागाईले गर्नु भएको थियो