हेटौडा जेसीजको आयोजनामा जारी अन्तर कलेज अष्टकुमारी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा हेटौंडा स्कुल अफ म्यानेजेमेन्ट र नेशनल ईन्फोटेक कलेज पर्सा

2024-03-11

हेटौडा जेसीजको आयोजनामा भएको अष्टकुमारी अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा हेटौंडा स्कुल अफ म्यानेजेमेन्ट र नेशनल इन्फोटेक कलेज पर्सा पुगेका छन् ।

सोमबार भएको लिगचरणको अन्तिम खेलमा आ–आफ्नो समूहको शीर्ष स्थानमा रहँदै दुवै टोली अष्टकुमारी क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको हुन् ।

लिग चरणको खेलमा हेटौंडा सिटी कलेजले नारायणी कलेजलाई ३० रनले पराजित गरेको हो । यो दुवै टोलीलाई पराजित गर्दै म्यानेजेमन्टले फाइनलमा स्थान बनाएको थियो ।

लिगचरणको अन्तिम खेलमा पर्साले अरोमा कलेज चितवनलाई १६ रनले पराजित गरेको हो । पर्साले पहिलो व्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४६ रन बनाएको थियो । दोस्रो इनिङमा २० ओभर व्याटिङ गर्दै ८ विकेट गुमाएर चितवन १३० रनमा समेटिएको हो । खेलमा पर्साका सफवान अली म्यान अफ दी म्याच घोषित भए ।

हेटौंडा जेसीजको आयोजनामा जारी प्रतियोगिताको फाइनल मंगलबार हुनेछ । हेटौंडा–४, हुप्रचौरमा हुने फाइनलको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


JCI News Archive