राजविराज जेसीजले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरूले समाजमा दिएका योगदानलाई सम्मान तथा समर्थन गर्ने उद्देश्यले महिला अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । राजविराज जेसीज वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष जेसी संजोग देवको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता राजविराज जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी विप्लव आनन्दले गरेका थिए भने विशिष्ट अतिथिको रूपमा पुनम सिंह (नेपाल जेसीज प्रथम महिला वर्ष १९८४) र प्रमुख अतिथिमा राजविराज नगरपालिकाका का.वा. नगर प्रमुख इसरत प्रविन रहेकी थिइन् । कार्यक्रममा राजविराज जेसीजकका पूर्व अध्यक्षहरूको प्रथम महिलाहरूमा सुधा दत्त र कोमल जैनको उपस्थिति रहेको थियो भने राजविराज जेसीज वर्ष २०२० की अध्यक्ष जेसी पुनम पोखरेल नानीमैया समेत रहेकी थिइन् । यसै प्रकार अतिथिको रूपमा अधिवक्ता मनु खनाल, राजविराज नगरपालिकाका शाखा अधिकृत कल्पना देव, राजविराज नगरपालिकाका कार्यपालिका सदस्य ललिता कर्ण, मंजु खड्का र सोनी रजक रहेकी थिइन् ।



राजविराज जेसीजकी पूर्व अध्यक्ष जेसी नानीमैया कटवाल (पुनम पोखरेल), मनु खनाल, पुनम सिंह र इसरत प्रविनले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको यो अन्तरक्रिया कार्यक्रमलाई सफल आयोजनको रूपमा लिएको बताइन् । अन्तरक्रिया कार्यक्रममा मैथिली विकिमिडियन्सका तर्फबाट प्रशिक्षार्थी रुपा कर्ण, सानिया समिम, सबिना मण्डल, नेहा दास, सोनम चौरसियाले नाटक सहितको सामाजलाई महिलाको आवश्यकतामाथि प्रस्तुतीकरण दिएकी थिइन् ।

राजविराज जेसीज वर्ष २०२४ का शाखा अध्यक्ष जेसी विप्लव आनन्दले महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले पक्कै पनि समाजमा एउटा बेग्लै छाप छोड्ने बताए । कार्यक्रममा राजविराज जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी उज्ज्वल काबराले आफ्नो मन्तव्य राखेका थिए भने राजविराज जेसीज वर्ष २०२४ का कानुनी सल्लाहकार जेसी विक्रम काबरा, कार्यकारिणी उपाध्यक्ष जेसी रवि कुमार राय, उपाध्यक्ष जेसी सौरभ सिंहको उपस्थिति रहेको थियो ।

आगामी दिनमा पनि राजविराज जेसीजले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदैं अगाडि बढ्ने राजविराज जेसीजका महसचिव जेसी पंकज कुमार देवले बताए ।
