आज मिति २०८१/०२/२३ गते विश्व वातावरण दिवसको अवसरमा कमलनगर जेसीज द्वारा आयोजित वृक्षरोपण कार्यक्रम कमल गाउँपालिकामा वडा नं २,३ र ४ वडा कार्यालय परिसरमा भब्यताका साथ सम्पन भएको छ।
उक्त कार्यक्रममा वडा अध्यक्ष ज्युहरु,वडा सदस्य ज्युहरु,वडाका सचीव ज्यु,कर्मचारी ज्युहरु र कमलनगर जेसीजका पूर्व अध्यक्ष जेसीआइ सिनेटर छत्र पती खनाल (गोपाल) ज्यू,कमल नगर जेसीज वर्ष २०२४ का बोर्डका पदाधिकारि ज्यूहरू र वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष जेसी महेस भण्डारी ज्यूको उपस्थित रहेको थियो।