देवघाट कार्तिक १०
देवघाटधाम जेसीजको वर्ष-२०२४ को जेसीज सप्ताह कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि समाजलाई प्रभाव पार्ने गरि विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको देवघाटधाम जेसीज वर्ष-२०२४ का महासचिव एवं साप्ताहिक कार्यक्रमका मूल-संयोजक जेसी प्रशन्न ढकालले बताउनु भयो । संयोजक ढकालले सप्ताह अवधिभर सहयोग पुर्याउनु भएकोमा सम्पूर्णमा धन्यवाद व्यक्त गर्नु भएको थियोे । देवघाट गाउँपालिकाका प्रवक्ता,वडा नम्बर-५ अध्यक्ष एवं देवघाटधाम जेसीजका मानार्थ सदस्य पूर्ण बहादुर कुँवरको प्रमुख अतिथ्यमा भएको थियोे ।
प्रमुख अतिथिको मन्तव्य राख्दै अध्यक्ष कुँवरले देवघाटधाम जेसीजले उदाहरणीय कार्यहरू गर्दै आएको बताउदै आगमि दिनहरूमा पनि यस्तै कार्यहरू गर्न अनुरोध गर्नु भएको थियोे । सप्ताहको पहिलो दिन बालबालिकासंग जेसीज कार्यक्रम आयोजना गरि समुद्घाटन गरिएको थियोे जुन कार्यक्रमको संयोजक देवघाटधाम जेसीज वर्ष-२०२४ का उपाध्यक्ष जेसी रक्षा कार्की रहेको थियोे । त्यस्तै गरि क्रमशः वातावरण संरक्षण तथा गोडमेल कार्यक्रमको संयोजक उपाध्यक्ष जेसी सुस्मा गुरुङ्ग रहेको थियोे ।
त्यस्तै गरि ट्राफिक सचेतना तथा स्लो बाइक रेस प्रतियोगिताको संयोजक उपाध्यक्ष जेसी सन्दिप पोखरेल रहेको थियोे भने जेसीज प्रवर्धन सम्बन्धी अन्तरक्रियाको संयोजक जेसी माधव न्यौपाने रहेको थियोे । साथै सप्ताह अन्तर्गत शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम संयोजक जेसी स्वस्तिका धिताल,SIP सम्बन्धी तालिमको संयोजक जेसी डा. सम्राट अधिकारी रहेको थियोे भने सप्ताहको समापन कार्यक्रममा व्यवस्थित बैठक तालिम आयोजना गरिएको थियोे जसको संयोजक कोषाध्यक्ष जेसी अर्जुन सुवेदी रहेको थियोे । सो कार्यक्रममा सप्ताह कार्यक्रम अवधि भर विभिन्न तहबाट सहयोग पुर्याउनु भएको संघ संस्था र संयोजकहरू स-सम्मान स्वरूप सम्मान पत्र दिनु भएको थियोे ।
कार्यक्रममा वडा नम्बर-५ सदस्य याम बहादुर मगर, देवघाट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदी,कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठ,देवघाटधाम जेसीजका मातृशाखा गितानगर जेसीजका उपाध्यक्ष जेसी मनिता तामाङ्ग लगाएत देवघाट-५ वडा भित्रका सम्पूर्ण टोल विकास समितिका अध्यक्ष लगायत प्रतिनिधिहरूको सहभागी रहेको थियोे ।
उक्त सप्ताहको समापन कार्यक्रममा आयोजना गरिएको व्यवस्थित बैठक सञ्चालन तालिम नेपाल जेसीज वर्ष-२०२१ का कार्यकारिणी उपाध्यक्ष एवं राष्ट्रिय ट्रेनर शिव भुसालले प्रशिक्षण दिनु भएको थियोे । उक्त कार्यक्रम देवघाटधाम जेसीज वर्ष-२०२४ का अध्यक्ष जेसी रघु मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे । भने कार्यक्रम देवघाटधाम जेसीव वर्ष-२०२४ का कार्यकारिणी उपाध्यक्ष जेसी करिष्मा गुरूङले सञ्चालन गर्नु भएको थियोे ।








