समुन्नतिका लागि सामाजिक उत्तरदायी नेतृत्व को प्रकरणमा रहेको गल्याङ जेसीजको १ महिने महा अभियान कार्यक्रम को ४ सप्ताह ः२४ कार्यक्रम अन्तरगत खेलकुद सप्ताहको चौथो कार्यक्रम प्रथम अन्तर वडा खुल्ला जेसीज कप भलिबल प्रतियोगिता को समुद्घाटन मातृशाखा वालिङ जेसीजका पुर्व अध्यक्ष, नेपाल जेसीजका पुर्व थिम डायरेक्टर याम प्रसाद अधिकारी लक्ष्मण ज्यु को प्रमुख आथित्यतामा सम्पन्न गरिएको छ ।
इलुङ्गा खेल समितीको समन्वय र ब्यवस्थापनमा सञ्चालन हुने यो प्रतियोगितामा २२ टिमको सहभागिता रहने अनुमान गरिएको छ ।
गल्याङ जेसीज एक महिने महा अभियान सहित समाजमा छ यो अभियान बाट गरिव विद्यार्थी पढाउने लक्ष्य लिएको यस कार्यमा सबैको ऐक्यबद्धता र साथ सहयोग को लागि अपिल समेत गर्दछौं ।