त्रिभुवननगर जेसीजको ४० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह

2025-01-15

त्रिभुवननगर जेसीजको ४० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह बर्ष २०२४ का अध्यक्ष जेसी रबि किरण के.सी.को अध्यक्षता एवं लुम्बिनी प्रदेश सरकार का उद्योग पर्यटन तथा यातायत मन्त्री माननिय प्रचण्ड बिक्रम न्यौपानेको प्रमुख आतिथ्यता एवं नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष जेसी लालमणि भण्डारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको शुरुवात राष्ट्रिय गानबाट भएको थियो भने तत् पश्चात जेसीज मिसन तथा भिजन जेसी रोशन दाहालले गर्नुभएको थियो । जेसी प्रेमलाल न्यौपानेले आस्थापाठ अगुवाई र कार्यक्रम संयोजक जेसी महेश खनालको स्वागत मन्तव्य सुरुभएको कार्यकम्रमा ४०० भन्दा बढी अतिथिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम उद्घाटन प्रमुख अतिथि माननिय प्रचण्ड बिक्रम न्यौपानले पानसमा दीप प्रज्ज्वलन तथा जेसीजका संस्थापकलाई माल्यार्पण गरी गर्नुभएको थियो । कार्यक्रममा मूल्याङ्कन तथा सुपरीवेक्षण निर्देशक जेसी आबिन्द्र बहादुर महराले त्रिभवननगर जेसीजका पदाधिकारी तथा सदस्यहरुलाई शाखा पुरस्कार वितरण गर्नुका साथै यस वर्ष स्वर्गआरोहण हुनुभएका संस्थापनक अध्यक्ष स्वर्गीय जेसी उपेन्द्र कुमार पाण्डेय लाई माल्यार्पण गर्नुभएको थियो ।

JCI News Archive