मिती २०८१ साल माघ १९ गते तदनुसार ०१ फेब्रुअरी २०२५ का दिन लेखनाथ जेसीज र लेखनाथ जुनियर जेसीजको संयुक्त शाखा पदाधिकारी तालिम पोखरा -३१, स्थित होटल डे ब्रेक को सभाहलमा सम्पन्न भएको छ। लेखनाथ जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी कृष्ण तिवारीज्यु को सभाध्यक्षतामा सम्पन्न तालिमको प्रमुख प्रशिक्षक लेखनाथ जेसीजको मातृ शाखा पोखरा जेसीज बर्ष १९९४ का अध्यक्ष श्रि नारायण शर्माज्यु रहनु भएको थियो। तालिममा जेसीज आस्थापाठको अगुवाइ र मिसन भिजन वाचन लेखनाथ जुनियर जेसीज बर्ष २०२५ की महासचिव जु.जेसी रितिका सुवेदीज्यु ले गर्नु भएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा लेखनाथ जेसीज बर्ष २०२५का उपाध्यक्ष जेसी सन्देश ढुंगानाले राख्नुभएको थियो। लेखनाथ जेसीजका पुर्ब अध्यक्ष श्री ऋषिराम जमरकट्टेल, श्री बिनोद लामिछाने, जेसी सुजन न्यौपाने र जेसी चन्द्रप्रकाश ढुंगानाज्युको बिशेष उपस्थिति रहेको कार्यक्रममा शुभकामना मन्तव्य जुनियर जेसीज बर्ष २०२५ की अध्यक्ष जु. जेसी शोभा के.सी, पुर्व अध्यक्ष श्री ऋषिराम जमरकट्टेल, श्री बिनोद लामिछानेले रख्नु भएको थियोे भने सहभागि को तर्फ बाट आफ्नो अनुभब उपाध्यक्ष जेसी सन्जय बास्तोला ज्युले राख्नु भएको थियो । प्रमुख अतिथीको मन्तव्य कार्यक्रमको प्रमुख प्रशिक्षक एवम् प्रमुख अतिथि लेखनाथ जेसीजको मातृ शाखा पोखरा जेसीज बर्ष १९९४ का अध्यक्ष श्रि नारायण शर्माज्युले रख्नु भएको थियो ।धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन लेखनाथ जेसीज का अध्यक्ष जेसी कृष्ण तिवारीज्युले गर्नु भएको थियो। लेखनाथ जेसीज बर्ष २०२५ का महासचिव जेसी सर्बेन्द्र न्यौपानेले तालिम कार्यक्रम सन्चालन गर्नु भएको कार्यक्रममा उत्कृष्ट सहभागिताको अवार्ड जेसी शुशिल ढुंगानाले पाउन सफल हुनु भएको थियो ।