जेसीजद्धारा जिवन अमर आधारभुत विद्यालयमा न्यानो कपडा वितरण

2025-02-13

सुधा परियार, १४ माघ । 
लमजुङ जेसीजले दोर्दी गाउँपालिका ७ फलेनीस्थित जिवन अमर आधारभुत विद्यालयका विद्यार्धीलाई न्यानो कपडा वितरण गरिएको छ ।

 

बेसीशहर ७ स्थित रोजा फेन्सीका प्रोपाइटर एवम् लमजुङ जेसिज बर्ष २०२० का अध्यक्ष रहमत मियाको प्रायोजनमा उक्त विद्यालयका विद्यार्थीलाई २५ हजार बराबरको  न्यानो कपडा प्रदान गरिएको हो ।


लमजुङ जेसिज बर्ष २०२२ का अध्यक्ष एवम् २०२५ का कानुनी सल्लाहकार प्रेम गुरुङले विद्यालयका प्रधानाध्यापक यमकुमार गुरुङ र व्यवस्थापन समिति अध्यक्ष इन्द्र बहादुर गुरुङलाई न्यानो लुगा हस्तान्तरण गर्नुभएको हो । 


न्यानो कपडा वितरण कार्यक्रममा दोर्दीवडा ७ का वडा अध्यक्ष रिसमाया गुरुङ, पुर्व वडा अध्यक्ष प्रेम बहादुर गुरुङ, वडा सदस्य मेकराशि गुरुङ, लमजुङ जेसीज २०२५ का महासचिव राजु गुरुङ, कोषाध्यक्ष विक्रम घले, लप्सीबोट आमा समुहका अध्यक्ष इच्छाकुमारी गुरुङ, स्वाभिमान युवाक्लबका अध्यक्ष सुनिल गुरुङ लगायतको उपस्थिती थियो ।

 

लमजुङ जेसीजले सहकार्य गरी   विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा प्रदान गरेकोमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रबहादुर गुरुङले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

JCI News Archive