सौराहा लेडी जेसिज र सौराहा जेसिज को संयुक्त आयोजनामा राष्ट्रिय प्रजातन्त्र दिवस को उपलक्ष्यमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

2025-02-19

सौराहा । राष्ट्रिय प्रजातन्त्र दिवस को उपलक्ष्यमा यहि मिति २०८१/११/०७ गतेका दिन रत्ननगर नगरपालिका वडा नं. ६, गैंडा चोकमा सौराहा लेडी जेसिज र सौराहा जेसिज को संयुक्त आयोजनामा दीप प्रज्वलन कार्यक्रम सु–सम्पन्न गरियो ।

कार्यक्रम सौराहा जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष जेसी जय राम घिमिरे ज्युको अध्यक्षता र सौराहा जेसीज वर्ष २०२४ का शाखा अध्यक्ष जेसी रञ्जन भण्डारी ज्युको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो ।  कार्यक्रमको सञ्चालन सौराहा लेडी जेसिज की महासचिव जेसी सदिक्षा घिमिरे द्धारा गरिएको थियो ।  

JCI News Archive