युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकास मा क्रियाशिल म्याग्दी जेसीज ले प्रजातन्त्र दिवसको अवसर पारी शुभकामना तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाइन्छ ।
त्यही कारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गर्छौ । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’ हरुकै ‘तन्त्र’ मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।
म्याग्दी जेसीज का साखा अध्यक्ष जेसी बिनोद घर्ती को अध्यक्षता, नेपाल जेसीज का राष्ट्रिय उपाध्यक्ष जेसी सन्दिप खत्री को प्रमुख आथित्यता , नेपाल जेसीज राष्ट्रिय अध्यक्षिय सल्लाहकार जेसी विरेन्द्र श्रेष्ठ , म्याग्दी जेसीज का पुर्व अध्यक्ष एवं म्याग्दी उद्योग बाणिज्य संघ का अध्यक्ष सुविन श्रेष्ठ ,पुर्व अध्यक्ष बिनय श्रेष्ठ , खम थापा मगर , निवर्तमान अध्यक्ष सिनेटर दिनेश बानिया लगायत म्याग्दी जेसीजका पधाधिकारीहरु र सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रम को संयोजन का साथै कार्यक्रम संचालन म्याग्दी जेसीज का साधरण सदस्य जेसी सुमन जि सी ले गरेका थिए।