९ फाल्गुन २०८१, शुक्रबार
JCI Urlabari, २० फेब्रुअरी २०२५
नेपाल जेसीजको आयोजना तथा सिमरा जेसीजको आतिथ्यमा २०८१ फाल्गुन १० र ११ गते सम्पन्न हुन गइरहेको JCI Nepal Lom Leaders Academy 2025 मा सहभागी हुन सिमराको यात्रा तय गर्नु हुने क्षेत्र क का जेसीज लिडरहरुलाई उर्लाबारीमा भब्य स्वागत तथा सुखद यात्राको कामना गर्दै चियापान सहित “Meet & Greet” कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रममा JCI का विभिन्न पूर्वी नेपालका शाखाका पदाधीकारीहरुको उपस्थिति रहेको थियो। JCI Urlabari अध्यक्ष JC Bhaitika Bhattarai को अनुमतिमा कार्यक्रमको सञ्चालन EVP JC Ranjeet Shrestha ले र्गनुभयो, जहाँ सहभागी सदस्यहरूलाई उर्लाबारीमा स्वागत गरिनुका साथै कार्यक्रममा सफलतापूर्वक सहभागी भई सिकाईको सिलसीला कायम रहोस् भन्दै बधाई तथा बिदाइ गरियो।
कार्यक्रम संयोजक JC Laxman Dahal (EVP 2025) रहनु भएको कार्यक्रम JCI Urlabari का Training Coordinator JC Sandip Paudel ले शुभ यात्रा को शुभकामना दिंदै JCI बीचको आपसी सम्बन्ध अझ मजबुत बनाउन सबैको हातेमालो आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रमको सहजीकरण VP JC Milan Pokhrel ले गर्नुभयो।
समापन क्रममा JCI Urlabari को तर्फबाट सबै सहभागीहरूलाई शुभकामना व्यक्त गरियो। कार्यक्रमले JCI परिवारबीचको सहकार्य र सम्बन्धलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।

