मिति २०८१ साल फागुण ०७ गते बुधबार प्रजातन्त्र दिवसको दिन कमलनगर जेसीजको आयोजनामा लोम अफिसर तालिम कार्यक्रम सम्पन्न भएको छ । कमलनगर जेसीज वर्ष २०२५ का तालिम निर्देशक जेसी भूमिका चाँपागाईज्यूको संयोजकत्व, वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीज्यूको अध्यक्षतमा विराटनगर जेसीज वर्ष २०२५ का महासचिव जेसी प्रवेश दुलालको प्रशिक्षणमा तालिम कार्यक्रम सम्पन्न भयो । कमलनगर जेसीज वर्ष २०२५ का सम्पूर्ण बोर्डका पदाधिकारीज्यरुहरुलाई उक्त तालिम प्रदान गरिएको थियो । कमलनगर जेसीजको सचिवालयमा भएको उक्त तालिम कार्यक्रममा कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष तथा कमल गाँउपालिकाका वडा नं. ०१ वडा अध्यक्ष केदार कटुवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा वर्ष २०१८ देखि वर्ष २०२२ सम्मका पूर्वअध्यक्षहरुको उपस्थिति रहेको थियो ।