पर्वत जेसीज वर्ष-२०२५ का पदाधिकारी तथा सदस्यहरूको दक्षता अभिवृद्धि तथा नेतृत्व विकासको उद्देश्यले “संसदीय बैठक प्रणाली” तालिम सम्पन्न भएको छ । जेसीज पर्वतको आयोजनामा उक्त तालिम मिति २०८१-१०-२५ शुक्रबार सम्पन्न भएको हो । पर्वत जेसीज सचिवालयमा भव्य रूपमा सम्पन्न भयो।
बागलुङ जेसीजका पुर्व शाखा अध्यक्ष तथा नेपाल जेसीज २०१४ का राष्ट्रिय कानुनी सल्लाहकार जेसी सुदीप राजभण्डारीले तालिमको प्रशिक्षण गरेका थिए ।
तालिमका प्रशिक्षक तालिम प्रतिष्ठान संयोजक सिनेटर अर्जुन चापागाईं तथा तालिम प्रतिष्ठान पुर्व संयोजक सिनेटर बसन्त कुमार कर्माचार्यले संसदीय बैठक प्रणाली, निर्णय प्रक्रियाको पारदर्शिता, प्रभावकारी छलफल र संस्थागत संरचनाबारे प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा मातृशाखा बागलुङका शाखा अध्यक्ष, म्याग्दी जेसीजका अध्यक्ष, पूर्व जेसीज अध्यक्षहरू, सम्पूर्ण जेसीज बोर्ड २०२५ का सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पर्वतले आयोजना गरेको उक्त तालिमा सदस्यहरुको सक्रिय सहभागिता रहेको र ज्ञान आदान-प्रदान र अनुभव साझेदारी मार्फत तालिम अत्यन्त फलदायी भएको जेसीज पर्वतका अध्यक्ष अच्युत पौडेलले बताए । आगामी दिनहरूमा पनि युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा क्रियाशिल रहने उनले बताए ।
उक्त कार्यक्रमको संयोजकत्व उपाध्यक्ष मन्जु शर्माले गरेकी थिइन् ।पर्वत जेसीज शाखा अध्यक्ष जेसी अच्युत पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानुनी सल्लाहकार अमृत प्रसाद पोख्रेलको स्वागत मन्तव्य र कार्यक्रमको संचालन महासचिव प्रवेशराज पुरीले गरेका थिए ।