शुक्लागण्डकी नगरपालिका भित्र रहेका निजि तथा सरकारी विधालयका सवारी चालक, सहचालक तथा विधार्थीहरुलाई ट्राफिक सचेतनामुलका कार्यक्रम सम्पन्न

2025-03-07

आज शुक्लागण्डकी जेसीजको आयोजना तथा इलाका प्रहरी कार्यालय, बेलचौतारा र अस्थायी ट्राफिक पोष्ट, बेलचौताराको प्राविधिक सहयोगमा शुक्लागण्डकी नगरपालिका भित्र रहेका निजि तथा सरकारी विधालयका सवारी चालक, सहचालक तथा विधार्थीहरुलाई ट्राफिक सचेतनामुलका कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा करिब १० विधालयका ३५ जना चालक , सहचालक तथा २०० जना भन्दा बढी विधार्थीहरुको सहभागिता रहेको थियो । पृथ्वी राजमार्गको विस्तार सँगै सडक दुर्घटना अत्याधिक बढिरहेको र सो दुर्घटनालाई न्युनिकरणका लागि यो कार्यक्रम गरिएको शुक्लागण्डकी जेसिजका कार्याकारीणी उपाध्यक्ष जेसी मदन सिग्देलले जानकारी गराउनुभयो । 

शुक्लागण्डकी जेसीजका वर्ष २०२५ का अध्यक्ष जेसी प्रकाश बि.क को अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिका का प्रमुख कृष्णराज पण्डित, विशिष्ट अतिथि शुक्लागण्डकी नगरपालिका का उप प्रमुख खुम बहादुर बि.क राजु, अतिथिहरु, शुक्लागण्डकी नगरपालिका वडा नं. १० का वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री, शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बुद्धि बहादुर थापा, शुक्लागण्डकी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष दिर्घ बहादुर थापा , शुक्लागण्डकी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राजकुमार वाग्ले , शुक्लागण्डकी नगरपालिका वडा नं. १ का वडाध्यक्ष रविचन्द्र पौडेल , इलाका प्रहरी कार्यालय, बेलचौतारा का प्रमुख पोषण थापा, ज्ञान बगौचा इङ्गलिस बोडिङ्ग स्कुलका प्रधानध्यापक सुरेश पौडेल, अस्थायी ट्राफिक पोष्ट, बेलचौताराका इन्चार्ज इन्द्र सारु मगर, शुक्लागण्डकी जेसिजका पुर्वअध्यक्ष जेसी दुर्गा प्रसाद सिग्देल, जेसी मदन श्रेष्ठ, जेसी शिब बहादुर बि क ,जेसी भिम सुवेदी लागयतको उपस्थीती रहेको थियो ।


कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका संयोजक शुक्लागण्डकी जेसिजका कार्याकारीणी उपाध्यक्ष जेसी मदन सिग्देलले गर्नुभएको थियो भने कार्यक्रम बारे जानकारी सहित आफ्नो प्रस्तुतिकरण इलाका प्रहरी कार्यालय, बेलचौतारा का प्रमुख पोषण थापा ले  गर्नुभएको थियो । दोस्रो सचेतनामुलक प्रस्तुति अस्थायी ट्राफिक पोष्ट, बेलचौताराका इन्चार्ज इन्द्र सारु मगरले गर्नुभएको थियो । शुक्लागण्डकी जेसीजका निवर्तमान अध्यक्ष जेसी रमेश भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम संचालन शुक्लागण्डकी जेसिजका तालिम संयोजक जेसी अनिष ढकालले गनुभएको थियो ।







JCI News Archive