सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तिकरण" ११५औँ अन्तर्राष्ट्रिय नारी (महिला) दिवसको अवसरमा माडी जेसीज द्वारा माडीमा आयोजित आत्महत्या विरुद्धको महिला दौड प्रतियोगिता सम्पन्न

2025-03-08



सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तिकरण"११५औँ अन्तर्राष्ट्रिय नारीदिवश को अवसरमा माडी मा आयोजित दौड प्रतियोगिता नेपाल  प्रहरीकी सुमित्रा कुमारी चौधरी प्रथम हुनुभएको छ ।


पुलिस एकेडेमी महाराजगञ्जमा आवद्ध दाङ देउखुरीका २० बर्षीया खेलाडी चौधरीले २० मिनेट २१.१६ सेकेण्डमा दौड पुरा गर्दै प्रथम स्थान हासिल हुनुभएको हो । त्यस्तै सर्मिला मैनालीले २२ मिनेट ३१.९८ सेकेण्डमा दौड पुरा गर्दै दोश्रो स्थान र २२.३९ सेकेण्डमा दौड पुरा गर्दै प्रमिला लामा तेश्रो हुनुभयो ।


११५औं अन्तर्राष्ट्रिय नारी दिवसकोे अवसर मा माडी जेसीज र विभिन्न संघ संस्था सहकार्य प्रतियोगितामा करीब ८० जनाको सहभागिता रहेको थियो । माडीको बरुवा बजारदेखि बसन्तपुर बजारसम्म ५५०० मीटर दौड प्रतियोगिता सञ्चालन भएको थियो। आत्महत्या विरूद्द सचेतनाकाे लागि माडीमा सञ्चालित "महिला दाैड प्रतियाेगिता" मा नेपाल पुलिस क्लब काठमाडौंमा आवद्द दाङ्गकी सुमित्रा कुमारी चाैधरी प्रथम हुनुभएकाे छ । उहाँले बरूवा-बसन्तपुरकाे ५५०० मिटरकाे दुरि २० मिनेट २१ सेकेण्डमा पूरा गर्दै प्रथम हुनुभएकाे हाे ।

 माडी नगरपालिकाकाे नगर प्रमुख तारा कुमारी काजि महताेले सिट्टि बजाएर प्रतियोगिता सुरू गर्नुभएकाे थियाे । उक्त प्रतियाेगितामा प्रथम हुनेलाई १५ हजार, द्दितिय हुनेलाई १० हजार, तृतिय हुनेलाई ५ हजार, सान्त्वना हुने दुबैलाई २५००/२५०० नगद पुरस्कार र उक्त दुरी पूरा गर्नै सबै प्रतियाेगिहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएकाे छ । 

JCI News Archive