कमलनगर जेसीजको रगंहरुको सदभावः विशेष परिवारको घर रंगाउने यात्रा २०८१

2025-03-16
मिति २०८१ साल चैत्र ०१ गते शुक्रबार तदनुसार 14 March, 2025 का दिन कमलनगर जेसिजको आयोजनामा होली पर्वको अवसरमा कमल गाँउपालिका वडा नं. ०६ निवासी फरक क्षमता भएका श्री अशोक दर्जीको परिवारलाई स्थायी बसोवासको लागि एउटा सुन्दर र दिगो घर निर्माण सम्पन्न गरि अतुलनिय योगदान गर्नुहुने सोहि वडाका पे्ररणादायी सामाजिक अभियन्ता श्री सन्तोष भण्डारीको पहलकदमी, कमलनगर जेसीजका वर्ष २०२१ का अध्यक्ष जेसीआई सिनेटर छत्रपती खनाल (गोपाल) को पहिचान सहितको दुरदर्शी नेतृत्व र रोज पेन्टसको मुख्य प्रायोजनमा रगंहरुको सदभावः विशेष परिवारको घर रंगाउने यात्रा नामक यो अभियान मार्फत नवनिर्मित घरलाई रंगिन र आकर्षक बनाई थप सौन्दर्य बनाएर हस्तान्तरण गरिएको छ ।
कार्यक्रमको अध्यक्षता कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीले गर्नुभएको थियो भने वर्ष २०२५ का उपाध्यक्ष जेसी मिलन पौडेलको संयोजनमा कार्यक्रम सम्पन्न भएको छ । कमलनगर जेसीजका वर्ष २०२५ का बोर्डका पदाधिकारीहरु, पूर्वअध्यक्षज्यूहरु, आजिवन सदस्यहरु, सदस्यहरु, रोज पेन्टसका सञ्चालक जेसी भुपेन्द्र खनाल, कमल गाँउपालिका वडा नं. ०६ का स्थानिय सम्मानित व्याक्तिहरु, सामाजिक अभियन्ताहरुको उल्लेखनिय उपस्थिति रहेको कार्यक्रममा कमल गाउँपालिका वडा नं. ०६ का अध्यक्ष नेरन्द्र भट्टराईको आतिथ्यता र कमल गाँउपालिकाका श्रद्धेय अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यताले कार्यक्रमको गरिमा थप बढाएको थियो ।
यस कार्यक्रमले समाजिप्रतिको जिम्मेवारी र उत्तरदायित्वलाई सशक्त रुपमा उजागर गर्नुका साथै फरक क्षमता भएका व्याक्ति, विशेष आवश्यकता भएका व्याक्तिहरु र विपन्न परिवारप्रति कमलगनर जेसीजले निर्वाह गरेको नेतृत्वदायि भूमिकालाई स्पष्ट पारेको छ । मानवीय सेवाप्रतिको जेसीजको अटल प्रतिबद्धता, समाज रुपान्तरणमा सकारात्मक सन्देशको प्रवाह गर्नुका साथै सहकार्य र एकताको उदाहरण प्रस्तुत भएको छ ।
यस अवसरमा हामी समस्त कमलनगर जेसीज परिवार, सहयोगी हातहरु, प्रायोजकहरु र उपस्थित सम्पूर्ण महानुभावहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
समस्त कमलनगर जेसिज परिवार
जेसी मिलन सापकोटा जेसी भिम अधिकारी
महासचिव, वर्ष २०२५ अध्यक्ष, वर्ष २०२५


JCI News Archive