बिराटनगर जयसीजको ५२औं पदस्थापन तथा पुरस्कार वितरण समारोह २०२५ जनवरी ११ मा होटल स्वागतम, बिराटनगरमा भव्य रूपमा सम्पन्न भयो। यस विशेष अवसरले नेतृत्वको औपचारिक हस्तान्तरणलाई चिन्हित गर्दै संगठनका विभिन्न सदस्यहरूको उत्कृष्ट योगदानलाई सम्मानित गर्यो।
कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथिको रूपमा नेपाल प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा राना मगर रहनुभएको थियो। विशेष अतिथिहरूमा कोशी प्रदेशका सांसद माननीय भीम पराजुली, जेसीआई नेपालका पूर्व राष्ट्रिय अध्यक्ष तथा जेसीआई बिराटनगरका पूर्व अध्यक्ष जेसीआई सेन. फुल कुमार लालवानी रहनुभएको थियो। सम्माननीय अतिथिको रूपमा जेसिआइका पूर्व कार्यकारी उपाध्यक्ष , जेसीआई नेपालका पूर्व राष्ट्रिय अध्यक्ष तथा जेसीआई बिराटनगरका पूर्व अध्यक्ष जेसीआई सेन. सन्तोष रिजाल रहनुभएको थियो। साथै, निरुपित राष्ट्रिय कार्यकारी उपाध्यक्ष जेसी गणेश सापकोटा र बिराटनगर जयसीजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी सुमित्रा भट्टराईको पनि उपस्थिति रहेको थियो।
बर्ष २०२३का अध्यक्ष जेसीअभिनास थापा निर्वाचन आयुक्त रहेको निर्वाचन समितीबाट संचालित निर्वाचन प्रक्रियाबाट सन् २०२५ का लागि जेसी प्रीतेशराज दाहाल अध्यक्षमा त्यस्तै वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा जेसी कबिराज दाहाल, कार्यकारिणी उपाध्यक्षमा जेसी शिव शंकर मण्डल र जेसी अभिषेक भट्टराई , तालिम निर्देशकमा जेसी सुभाष भण्डारी उपाध्यक्षमा जेसी रिजन सिग्देल , जेसी मनोज तिवारी , जेसी शिवराज पोखरेल र जेसी अनुज दाहाल र जनसम्पर्क अधिकारीमा जेसी अभिषेक गौतम निर्वाचित भएका थिए भने अध्यक्षले कार्यसमितिमा विभिन्न पदहरुमा नियुक्ति गर्दै बोर्डलाई पुर्णता दिएका थिए । साथै बर्ष २०२४ का अध्यक्ष जेसिआइ सिनेटर तुलसी निरौलाले निर्वाचित अध्यक्ष प्रीतेशराज दाहाललाई सपथ गराएका थिए भने निर्वाचित अध्यक्ष दाहालले आफ्नो बोर्ड तथा मनोनित पदाधिकारीलाई सपथ गराएका थिए । यसरी नियुक्त हुनेहरुमा महासचिवमा जेसी प्रबेश दुलाल , कानुनी सल्लाहकारमा जेसी रमेश अधिकारी , जेसी कोषाध्यक्षमा रन्जन कुमार शाही र सह सचिवमा जेसी सबिन अधिकारी मनोनित भएर १५ सदस्यीय बोर्डले पुर्णता पाएको छ । त्यस्तै अन्य विभिन्न समितीहरुमा पनि अध्यक्षले नियुक्त गरे। साथै बर्ष २०२३ का अध्यक्ष जेसी अभिनास थापालाई आजीवन सद्स्यका रुपमा बिराटनगर जेसीजले सम्मान समेत गरेको छ । साथै थापा बिराटनगर जेसीजको कान्छो पुर्व अध्यक्षका रुपमा यस बर्ष रहने छन । त्यस्तै पदस्थापन कार्यक्रममा बर्षभरी उत्कृष्ट कार्य सम्पादन गर्ने सदस्यहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो । लक्षमी स्मृति उत्कृष्ट शाखा पदाधिकारीबाट रन्जन कुमार शाही ,धनगङ्गा अवार्ड बाट मनोज तिवारी , सुर्य कस्तुरी उत्कृष्ट सद्स्य अवार्ड बाट प्रबेश दुलाल , उत्कृष्ट अब्जर्भर अवार्ड अनुराग निरौलाले प्राप्त गरे ।
त्यस्तै क्षेत्र क बाट नेपाल जेसीजमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पदाधिकारीहरुलाइ सम्मानित गरिएको थियो जसमा राष्ट्रिय कानुनी सल्लाहकार जेसी सुनिल तिम्ल्सिना राष्ट्रिय उपाध्यक्ष जेसी सुमित्रा भट्टराई , जेसी उज्जवल काबरा र जेसी राघव कोईरालालाई सम्मानित भए । त्यसैगरी राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वी नारायण शाह को सम्झना गर्दै निर्माण गरिएको दृश्य चित्र प्रस्तुत गरिएको थियो ।
यस अतिरिक्त, कार्यक्रमलाई जेसीआई बिराटनगरका पूर्व अध्यक्षहरू, विभिन्न जेसीआई च्याप्टरका निमन्त्रित अध्यक्षहरू, जेसी बाल सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलसी प्रसाद दुलाल ज्यु , जुनियर जेसीज परिवार तथा बिराटनगरका अन्य विशिष्ट अतिथिहरूको उपस्थितिले थप गौरवान्वित बनाएको थियो।