लहान सिटी जेसीज र गणपति कम्प्युटर इन्सिच्युटबीच कम्प्युटर तालिम सम्बन्धि सम्झौतापत्र हस्ताक्षर कार्यक्रम भव्यताका साथ सम्पन्न

2025-03-27

लहान सिटी जेसीज र गणपति कम्प्युटर इन्सिच्युटबीच कम्प्युटर तालिम सम्बन्धि सम्झौता पत्र हस्ताक्षर कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य कम्प्युटर तालिममार्फत युवा तथा विद्यार्थीहरूलाई सशक्त बनाउनु हो।

सम्झौतापत्रमा लहान सिटी जेसीजका अध्यक्ष जेसी देवन लाल ठाकुर र गणपति कम्प्युटर इन्सिच्युटका प्रबन्धक अरुण कुमार महतोले हस्ताक्षर गर्नुभयो। कार्यक्रममा सहभागी सबैलाई उत्साहित पार्ने मन्तव्य राख्दै, अध्यक्ष जेसी देवन लाल ठाकुरले तालिमले युवा पुस्तालाई दक्ष बनाउँदै रोजगारी सिर्जनामा योगदान दिने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा लहान सिटी जेसीजका तर्फबाट पुर्व अध्यक्ष जेसो बसन्त साह, कार्यकारिणी उपाध्यक्ष जेसी सैगेंद्र साह, महासचिव जेसी बम चन्द्र चौधरी लगायत अन्य बोर्ड पदाधिकारी तथा गणपति कम्प्युटर इन्सिच्युटका तर्फबाट सन्तोष साहको उपस्थिति रहेको थियो । 

JCI News Archive