जेसीआई सिद्धार्थ लेडीद्वारा भित्तेपात्रो बिमोचन तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न ।

2025-04-16

बैशाख 0३, जेसीआई सिद्धार्थ लेडी द्वारा नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान को साथमा भित्तेपात्रो बिमोचन साथै अनाथ आश्रममा  खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ। भैरहवा स्थित सिद्धार्थ बालगृहमा गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथी यसै संस्थाका संस्थापक अध्यक्ष जेसीआई सिनेटर सरिना श्रेष्ठ रहनु भएको थियो।

कार्यक्रममा सिद्धार्थ जेसीजका पुर्व अध्यक्षज्युहरु, जेसीआई सिद्धार्थ लेडिका पुर्व अध्यक्षज्युहरु, संचालक समितीका पदाधिकारीहरु, अन्य सदस्यहरु साथै आश्रमका बालबालिकाहरुको सकृय सहभागिता रहेको थियो । जेसीआई सिद्धार्थ लेडी वर्ष २०२५ का अध्यक्ष जेसी अम्बिका घिमिरे को अध्यक्षता, गौरी पराजुली भट्ट्राईको सम्योजक रहेको यस कार्यक्रमको संचालन जेसीआई  सिद्धार्थ लेडि वर्ष २०२५ का महासचिव जेसी कल्पना खनालले गर्नु भएको थियो। कार्यक्रममा ३० जनाको सहभागीता रहेको थियो ।

  

JCI News Archive