#जेसीज_सप्ताह_२०२५को समुद्घाटन

2025-04-19

त्रिभुवननगर जेसीजले उत्सवका रुपमा मनाउने जेसीज सप्ताह–२०२५को पहिलो दिन आज उद्घाटन समारोह नारायणपुर, दाङ अवस्थित मानव कल्याण समाजमा सामग्री सहयोग तथा सेवा आश्रितलाई भोजन गराई सम्पन्न गरेको छ । कार्यक्रम त्रिभुवननगर जेसीज वर्ष–२०२५का अध्यक्ष टंक बहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश उर्जा, जलस्रोत तथा सिचाई मन्त्री माननीय सीता शर्मा चौधरी रहनु भएको थियो । सो अवसरमा त्रिभुवननगर जेसीजले आफ्नो क्यालेन्डर २०८२ समेत बिमोचन गरेको थियो । सप्ताह उद्घाटन समारोहमा नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, लमही जेसीजका अध्यक्ष रामदीन चौधरी, तुलसीपुरनगर जेसीजका अध्यक्ष सन्दिप भुसाल, दाङ महिला जेसीजका का.वा. अध्यक्ष लक्ष्मी घमाल, अप्टिमिष्ट क्लव आफ घोराहीका अध्यक्ष निरञ्जन गहतराज, प्रेस चौतारी नेपाल दाङ शाखा कोषाध्यक्ष चन्द्रप्रकाश नेपाली, प्रेस सेन्टर नेपालका जीवन नेपाली, त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष एवम् २०२५ का आन्तरिक लेखापरीक्षण समिति संयोजक दीपक शर्मा, मुकेश्वर शर्मा लगायतका उपस्थिति थियो । कार्यक्रममा सेवा घरमा आश्रित ५२ जनालाई भोजन समेत गराइएको थियो । कार्यक्रम संयाेजक जेसी राजन घर्ती मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सप्ताहका बारेमा मूल संयोजक बाबुराम पाण्डेयले प्रकाश पार्नु भएको कार्यक्रमको सहजीकरण महासचिव कृष्णदेव थापा मगरले गर्नुभएको थियो ।

JCI News Archive