#त्रिभुवननगर_जेसीजद्वारा_भ्याट_ट्याक्स_सचेतना_कार्यक्रम_सम्पन्न

2025-04-21

त्रिभुवननगर जेसीजले जेसीज सप्ताह–२०२५ को तेस्रो दिन भ्याट ट्याक्स सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहको तेस्रो दिन सोमबार सचिवालयमा कार्यक्रम सम्पन्न गरिएको हो । त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावतको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । कार्यक्रममा मुख्य प्रशिक्षक सि.ए. दिपक शेट्टीले व्यापारी तथा विद्यार्थीहरुलाई भ्याट ट्याक्स सम्बन्धी प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा आन्तरिक राजस्व कार्यालय तुल्सीपुर दाङका कर अधिकृत उपेन्द्र पुन एवम् अतिथिका रूपमा दाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नारायण भुषाल, नागरिक समाजका सचिव नारायण प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । जेसी विवेक देवकोटाको आस्थापाठ, श्याम कुमार गिरीको जेसीज मिसन तथा भिजन वाचन र तेस्रो दिनको कार्यक्रम संयोजक गणेश वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसीज सप्ताह मूल संयोजक बाबुराम पाण्डेयले सप्ताहका गतिविधिबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव कृष्णदेव थापा मगरले गर्नुभएको थियो ।

JCI News Archive