
पर्वत जेसीजले मिति २०८२
साल वैशाख ८ गते प्रमुख जिल्ला अधिकारी श्री हरि प्रसाद घिमिरेज्यूलाई स्वागत तथा
भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अवसरमा हालै मात्र सरुवा भई
आउनुभएका प्रमुख जिल्ला अधिकारी प्रति जेसीजका पदाधिकारीहरूले स्वागत व्यक्त गर्दै
आगामी सहकार्य तथा साझेदारीका सम्भावनाबारे छलफल गरेका थिए । सोही अवसरमा पर्वत
जेसीजले “प्रतिबद्धता र पहिचानको
संगालो” नव वर्ष २०८२ को क्यालेन्डर
समेत श्री हरि प्रसाद घिमिरेज्यूलाई हस्तान्तरण गरिएको थियो । यसै गरि नवर्ष २०८२
को शुभकामना सहित क्यालेन्डर जिल्ला प्रहरी कार्यालयका प्रमुख श्री रविन
विष्टज्यूलाई र प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री शंकर गिरीज्यूलाई
पनि कार्यकक्षमै भेटघाट गरि हस्तान्तरण गरिएको थियो । भेटघाटले तथा प्रदेश
अस्पतालमा भएका उत्कृष्ट कार्यहरु तथा अध्यक्ष श्री शंकर गिरीको कार्यकालमा भएका
कामहरुको अवलोकन तथा जानकारी प्राप्त गर्ने अवसर पनि प्राप्त भयो भने प्रदेश
अस्पताल र पर्वत जेसीज बीच सहकार्यको सन्देश दिदै क्यालेन्डर साटासाट पनि गरिएको
थियो ।