त्रिभुवननगर जेसीजद्वारा वातावरणको संरक्षणमा जेसीजको प्रयास अन्तर्किया कार्यक्रम सम्पन्न

2025-04-24

त्रिभुवननगर जेसीजले जेसीज सप्ताह–२०२५ को पाचौँ दिन वातावरणको संरक्षणमा जेसीजको प्रयास अन्तर्किया कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहको पाचौँ दिन बिहिबार सचिवालयमा कार्यक्रम सम्पन्न गरिएको हो । त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावतको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डि.सी. प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । कार्यक्रममा वक्ताको रुपमा रहनुभएका मावन तथा वातावरण संरक्षण केन्द्र दाङका कार्यकारी निर्देशक प्रदिप मजगैया,  घोराही उपमहानगरपालिका दाङका वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख मदन कुमार वली र वातावरण विद् कमल गौतमले वातारण परिवर्तनका कारणहरु, यसका असरहरु र सामाधानका उपायहरु विषयकमा अन्तरक्रिया गर्नुभएको थियो । कार्यक्रममा अतिथिका रूपमा समाजसेवी किशोर चन्द्र गौतम, घोराही उपमहानगरपालिका वडा नं १४का पूर्व अध्यक्ष शक्तिराम डाँगी र त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष भोलानाथ अधिकारले मन्तव्य राख्नुभएको थियो । जेसी महेश बस्नेतको आस्थापाठ, जेसी हरि भट्टराईको जेसीज मिसन तथा भिजन वाचन र पाचौँ दिनको कार्यक्रम संयोजक अभिषेक बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसीज सप्ताह मूल संयोजक बाबुराम पाण्डेयले सप्ताहका गतिविधिबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव कृष्णदेव थापा मगरले गर्नुभएको थियो ।

JCI News Archive