विराटनगर, वैशाख १६ – नेपाल जेसीजको निर्देशनअनुसार विराटनगर जेसीजले “Learn, Lead & Level Up” भन्ने मूल नारासहित Mentor-Mentee कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
२०८२ वैशाख १६ गते, मंगलवार (२०२५ अप्रिल २९) का दिन सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा जेसीआई सेनेटर घनश्याम राठी (विराटनगर जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कोषाध्यक्ष) ज्यूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न पूर्व अध्यक्षहरूले आफ्नो अनुभव, संगठनको मूल्य र नेतृत्व विकासको यात्राबारे मार्गदर्शन प्रस्तुत गर्नु भएको थियो। उपस्थित सदस्यहरूमाझ अन्तरक्रिया, जिज्ञासाको आदानप्रदान तथा उत्प्रेरणाले कार्यक्रमलाई प्रभावकारी बनाएको थियो।
कार्यक्रम संयोजन जेसी ईशा दुलालज्यूले गर्नुभएको थियो।