विराटनगर जेसीजका अध्यक्ष जेसी प्रितेश राज दाहालज्यूलाई नेपाल जेसीजद्वारा प्रदान गरिने ZENITH EMPOWERMENT GOLD AWARD बाट सम्मान गरिएको छ।
जनवरीदेखि मार्च महिनासम्मको अवधिमा उहाँले देखाउनुभएको प्रतिबद्धता, प्रभावकारी नेतृत्व र उल्लेखनीय उपलब्धिको उच्च मूल्याङ्कन गर्दै नेपाल जेसीजले सो सम्मान प्रदान गरेको हो।
यो उपलब्धिले विराटनगर जेसीजको गौरव अझ बढाएको छ। संगठनप्रति उहाँको निरन्तर मेहनत, लगनशीलता र प्रेरणादायी कार्यशैलीले सम्पूर्ण सदस्यहरूलाई थप ऊर्जा र प्रेरणा दिएको छ।
यो उपलब्धिको अवसरमा सम्पूर्ण जेसीज परिवारलाई बधाई तथा अध्यक्ष दाहालज्यूलाई हार्दिक शुभकामना! ????????