प्रदेश अस्पताल कुश्मा परिसरमा नेस्डो नेपालको विशेष सहयोगमा स्थापना गरिएको "न्यानो कपडा घर" को उद्घाटन २०८२ बैशाख २४ गते सम्पन्न भएको छ। विपन्न तथा आवश्यकता भएका बिरामी तथा सेवाग्राहीलाई सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको यस अभियानले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।