कमलनगर जेसीजको रक्त समूह परिक्षण कार्यक्रम–२०२५

2025-06-09
मिति २०८२ साल जेष्ठ २६ गते सोमबार तदनुसार 09, June, 2025 का दिन कमलनगर जेसीजको आयोजनामा, निम्स नेशनल हस्पिटल प्रा.लि. तथा कमल स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा श्री नरेन्द्र जनता माध्यमिक विद्यालय कमल–०१ सरङपाडामा अध्ययानरत विद्यार्थीहरुको रक्त परिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमका संयोजकत्व वर्ष २०२५ का प्रकरण निर्देशक जेसी विमल थापाले गर्नु भएको थियो । कमलनगर जेसीजका वर्ष २०२५ का बोर्डका पदाधिकारीहरु, सयोंजकहरु, पूर्वअध्यक्षहरु, सदस्यहरु, श्री नरेन्द्र जनता माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानध्यापक एवम शिक्षकगणहरुको उल्लेखनिय उपस्थिति रहेको कार्यक्रममा कमल गाँउपालिका वडा नं. ०१ वडा अध्यक्ष तथा कमलनगर जेसीजका पूर्व अध्यक्ष जेसी केदार कटुवालको प्रमुख आतिथ्यताले कार्यक्रमको गरिमा अझ बढेको थियो ।
करिब ४५० जना विद्यार्थीहरु रहेको सो विद्यालयमा २३६ जना विद्यार्थीहरुको आज रक्त परिक्षण सम्पन्न गरिएको छ, बाँकी विद्यार्थीहरुको यसै महिनाभित्रमा कमलनगर जेसीजको समन्वयमा गरिनेछ । रक्त परिक्षण कार्यक्रम मार्फत विद्यार्थीहरुको रगतको समूहको पहिचान हुनुको साथै प्रारम्भीक स्वास्थ्य अवस्थाको बारेमा जानकारी प्राप्त भएको छ, जसका आधारमा अभिभावकहरु तथा विद्यालय परिवार सचेत भई आवश्यक स्वास्थ्य सल्लाह तथा उपचार प्रक्रिया अगाडी बढाउन सक्नेछन ।
यस कार्यक्रमले विद्यार्थी, अभिभावक र विद्यालयलाई स्वास्थ्यप्रति सचेत बनाउनुका साथै नियमित स्वास्थ्य परिक्षणको महत्वबारे महत्वपूर्ण सन्देश दिएको छ ।
स्वास्थ्य बालबालिका, उज्यालो भविष्य

JCI News Archive