पर्वत जेसीज २०२५ कप फुटबल प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

2025-07-21

कुश्मा, पर्वत —पर्वत जेसीजको आयोजनामा भाद्र ५, ६ र ७ गते हुने “पर्वत जेसीज २०२५ कप – राष्ट्रिय स्तरको खुल्ला 7A साइड फुटबल प्रतियोगिता” सम्बन्धमा आयोजित पत्रकार सम्मेलन शुक्रबार कुश्मामा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता जेसी वर्ष २०२५ का अध्यक्ष जेसी अच्युत पौडेलले गर्नुभएको थियो भने, पत्रकार सम्मेलनको समन्वय जेसी लक्ष्मण बि.सी.ले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन महासचिव जेसी प्रवेश राज पुरीले गर्नुभएको थियो।

पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य, तयारी, पुरस्कार राशि, व्यवस्थापन योजना, उपसमितिहरूको जिम्मेवारी तथा सहभागी टोलीहरूसम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरिएको थियो।

कार्यक्रम संयोजक एन्जल कर्माचार्यले प्रतियोगिता सम्बन्धमा प्रष्ट पार्दै भन्नुभयो:

“खेलकुद समाजको मेरुदण्ड हो। यस प्रतियोगितामार्फत युवालाई नेतृत्व, सीप र सकारात्मक प्रतिस्पर्धामा सहभागी गराउने हाम्रो उद्देश्य हो।”

पर्वत जेसीजका अध्यक्ष जेसी अच्युत पौडेलले भने:

“यो वर्षको अन्तर्राष्ट्रिय जेसीज थीम – ‘Skill & Opportunities: A New Era Begins’ – लाई आत्मसात गर्दै हामी पर्वतबाट राष्ट्रिय सन्देश दिने प्रयासमा छौं। खेलकुदले सामाजिक परिवर्तन सम्भव बनाउँछ भन्ने हाम्रो विश्वास हो।”

प्रतियोगितामा देशभरका विभिन्न टोलीहरूको सहभागिता रहनेछ।
प्रथम पुरस्कार रु. १,०१,१११/द्वितीय पुरस्कार रु. ५१,१११/ तोकिएको छ।
त्यसैगरी, Man of the Match, Best Player, Best Defender, Highest Goal Scorer लगायतका व्यक्तिगत विधामा पनि पुरस्कृत गरिनेछ।

कार्यक्रममा निम्न उप–समिति संयोजकहरूको संयोजनमा व्यवस्थापन अगाडि बढाइएको जानकारी गराइयो:

  • अथिती सत्कार: मन्जु शर्मा
  • प्रचार–प्रसार: जेसी अर्जुनराज पुरी
  • साउण्ड सिस्टम: जेसी बिजन श्रेष्ठ
  • खेलमैदान व्यवस्थापन: जेसी सुरज श्रेष्ठ
  • स्वयंसेवक परिचालन: जेसी पवन श्रेष्ठ
  • खाजा व्यवस्थापन: जेसी अजय पोखरेल
  • प्राथमिक उपचार / स्वास्थ्य सेवा: जेसी रामचन्द्र सुवेदी
  • मञ्च निर्माण: जेसी निरमा राज भण्डारी

कार्यक्रममा स्थानीय सञ्चारकर्मी, खेलप्रेमीहरू, जेसीज पदाधिकारीहरू, युवा प्रतिनिधिहरू लगायतको उपस्थिति थियो।प्रेस मिट संयोजक जेसी लक्ष्मण बि.सी.ले सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गर्दै प्रतियोगितालाई सकारात्मक ढंगले प्रस्तुत गर्न आग्रह गरे।

???? मुख्य जानकारी:

  • ???? कार्यक्रम: पर्वत जेसीज २०२५ कप – राष्ट्रिय खुल्ला 7A साइड फुटबल
  • ???? मिति: २०८२ भाद्र ५, ६, ७
  • ???? स्थान: बडागाउँ चौर, कुश्मा, पर्वत
  • ???? थीम: Skill & Opportunities: A New Era Begins
  • ???? पुरस्कार राशि:
    • प्रथम: रु. १,०१,१११/
    • द्वितीय: रु. ५१,१११/
  • ???? व्यक्तिगत विधा पुरस्कारहरू:
    • Man of the Match
    • Best Player
    • Best Defender
    • Highest Goal Scorer
  • ???? विशेष आकर्षणहरू: Zipline, बन्जी जम्प
JCI News Archive