जेसिज सप्ताहा कार्यक्रम २०२५ को दोस्रो कार्यक्रमको फोहोर संकलन कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा नेपाल प्रहरी विशेष सुरक्षा गण, बेलचौताराका टिम प्रथम हुनुभएको। दुलेगौंडादेखि खैरेनीटारसम्म १ घण्टामा गणले १५१ केजी फोहोर सङ्कलन गर्नुभएको थियो । जितसंगै गणले नगद १२ हजार प्राप्त गर्नुभएको छ। यसैगरी फोहोर सङ्कलन प्रतियोगितामा इलाका प्रहरी कार्यालय बेलचौताराले १३४ केजी फोहोर सङ्कलन गरी द्वितीय, महिला उद्यमी तथा उन्नतिशील आमा समूह ८५ केजी फोहोर सङ्कलन गरी तृतीय र सर्वसाधारण समूहले ५५ केजी फोहोर सङ्कलन गरी सान्त्वना हुनु भएका छन । प्रतियोगितामा द्वितीय,तृतीय र सान्त्वना हुनेले क्रमश ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्नुभएको छ ।
फोहोर सङ्कलन कार्यक्रममा श्री ३ नम्बर बाहिनीबाट ५० जना अप्रतिस्पर्धी समूह बनेर कार्यक्रममा सहभागी हुनु भएको थियो ।

जेसीजले व्यक्तित्व विकासमात्रै नभइ सामाजिक हितमा पनि कार्य गर्ने जेसिज अध्यक्ष प्रकाश विकले बताउनुभयो । उहाँ अनुसार आम सर्वसाधारण नागरिकलाई वातावरणीय सरसफाइमा विशेष ध्यान दिन सचेत गराउन फोहोर सङ्कलन प्रतियोगिता सञ्चालन गरिएको हो । जेसीज अध्यक्ष विकको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजु, शुक्लागण्डकी ४ का वडाध्यक्ष राजकुमार वाग्ले, २ का वडाध्यक्ष सुमन राना, ७ का वडाध्यक्ष खड्क सिं थापा, १२ का वडाध्यक्ष इन्द्र गुरूङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव सुशिल थापा भुजेल र अनिस ढकालले गरेका थिए । कार्यक्रमले वातावरणीय सरसफाई प्रवद्र्धन गर्न, समुदायमा फोहोर व्यवस्थापनको सचेतना फैलाउन, नागरिकहरूलाई आफ्नो वरिपरिका क्षेत्र सफा राख्न जिम्मेवारी बोध गराउन, फोहोरको वर्गीकरण, पुनःप्रयोग र पुनर्चक्रणको अभ्यासलाई प्रवद्र्धन गर्न, फोहोर गर्न हैन, सफा गर्नका लागि प्रतिस्पर्धा गरौं भन्ने मानसिकता विकास गर्न, फोहोरलाई मोहरमा बदल्न सकिन्छ भन्ने शिक्षा दिन , समुदायमा सहभागिता र नागरिक जिम्मेवारी बलियो बनाउन र समुदायमा सरसफाई र फोहोर व्यवस्थापनको सचेतना बढाउन थप सचेतना तथा सहयोग पुगेको विश्वास लिइएको छ ।

उक्त कार्यक्रममा शुक्लागण्डकी जेसिजका पुर्व अध्यक्ष रविन्दराज पौडेल, समुन्द्रराम श्रेष्ठ, नवराज लामिछाने, भिम सुवेदी, दुर्गा सिग्देल, मनिष श्रेष्ठ, मदन श्रेष्ठ, शिव बहादुर बि.क र जेसिज सदस्यहरु, पत्रकारहरु, सामाजिक अभियान्ता, शिक्षक , उधोग व्यवसायीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
