मिति २०८२ साल साउन २७ गते मंगलबार तद्अनुसार 12th August, 2025 का दिन अन्तर्राष्ट्रिय युवा दिवस-२०२५(International Youth Day-2025)को अवसरमा (International Youth Day-2025)को अवसरमा दमक जेसीजको आयोजना तथा ॐ शान्ति डेन्टल हस्पिटल, दमक-५, झापाको सहकार्यमा दमक-१ स्थित श्री भृकुटी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दन्त परिक्षणका निम्ति ‘Dental Check-Up Camp’ कार्यक्रम दमक जेसीजका संस्थापक अध्यक्ष आदरणीय गणेश ढकालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।कार्यक्रमको अध्यक्षता दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूले गर्नुभएको थियो ।कार्यक्रममा बिशिष्ट अतिथि दमक जेसीज बर्ष १९९६ का अध्यक्ष तथा दमक जेसीज BOT का अध्यक्ष आदरणीय गन्ज बहादुर दाहालज्यू, अतिथिहरू भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यामक लक्ष्मी प्रसाद न्यौपानेज्यू, ॐ शान्ति डेन्टल हस्पिटलका सन्चालक कमल गैरेज्यू तथा हस्पिटलमा कार्यारत डा. अन्जली ठाकुर र डा. सायरा ढकालज्यू, दमक जेसीजका पूर्ब अध्यक्षहरू आदरणीय कमल कटुवाल र नरेन्द्र बरालज्यू तथा दमक जेसीज बर्ष २०२५ बोर्डका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो । सो दन्त परिक्षण शिबिर कार्यक्रममा विद्यालयका ३०० जना भन्दा बढी विद्यार्थीहरुको निःशुल्क दन्त परिक्षण गरिएको थियो। कार्यक्रम दमक जेसीजका उपाध्यक्ष जेसी सन्ध्या बरालको संयोजकत्वमा भएको थियो भने जनसम्पर्क अधिकारी जेसी बिशाल अधिकारीले जेसीज आस्था पाठ बाचन गर्नुभएको थियो । श्री भृकुटी माध्यमिक विद्यालय परिवार तथा ॐ शान्ति डेन्टल हस्पिटल प्रति आभार ब्यक्त गर्दै कार्यक्रममा सहभागी भई समर्थन र प्रेरणा प्रदान गर्नु हुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यबाद व्यक्त गर्दछौं।
जेसी राजेन्द्र बिमली
महासचिब,दमक जेसीज
_1756434257.jpeg)