त्रिभुवननगर जेसीजले आयोजना गरेको ट्रेनिङ्ग म्याराथन २०२५ अन्तर्गत पहिलो दिन “Meeting Procedure Workshop ” २०८२ भाद्र १६ गते सोमबार घोराही स्थित मेचिकाली बोडिङ्ग स्कुलमा सम्पन्न

2025-09-02

त्रिभुवननगर जेसीजले आयोजना गरेको ट्रेनिङ्ग म्याराथन २०२५ अन्तर्गत पहिलो दिन “Meeting Procedure Workshop ” २०८२ भाद्र १६ गते सोमबार घोराही स्थित मेचिकाली बोडिङ्ग स्कुलमा सम्पन्न भएको छ। त्रिभुवननगर जेसीज वर्ष २०२५का अध्यक्ष टंक बहादुर रावत (अनन्त)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सबिन प्रियासन, विशिष्ठ अतिथि विद्यालय संचालक समितिका अध्यक्ष धर्म के.सी. र प्रमुख प्रशिक्षक पूर्व अध्यक्ष माधव प्रसाद पौडेल रहनुभएको थियो । कार्यक्रममा समग्र जेसीज र ट्रेनिङ्ग म्याराथन सन्दर्भमा सम्बोधन पूर्व अध्यक्ष निशान्त आचार्य, सान्दर्भिक मन्तव्य विद्यालय प्रधानाध्यापक चक्र रावत, विशिष्ठ अतिथिय सम्बोधन धर्म के.सी र प्रमुख अतिथिय सम्बोधन सबिन प्रियासनले राख्नुभएको थियो । जेसी गणेश वलीको आस्थापाठ अगुवाई, जेसी किरण गौतमको मिसन भिजन वाचन, कार्यक्रम संयोजक महेश बस्नेतको स्वागत मनतव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण महासचिव कृष्ण देव थापाले गर्नुभएको थियो ।

JCI News Archive