त्रिभुवननगर जेसीजले आयोजना गरेको यज्ञ बहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा दाङ पुरस्कार–२०२५ घोषणा समारोह सम्पन्न

2025-09-03
अन्तर्राष्ट्रिय युवा दिवस–२०२५का अवसरमा त्रिभुवननगर जेसीजले आयोजना गरेको यज्ञ बहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा दाङ पुरस्कार–२०२५ घोषणा समारोह जेसी वर्ष २०२५का अध्यक्ष टंक बहादुर रावतको अध्यक्षतामा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरन दाज गौतम, विशिष्ठ अतिथि घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश कुमार पाण्डे र नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेल रहनुभएको थियो ।
स्वर र संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएका भुपेन्द्र बहादुर पाण्डेलाई यस वर्षको उत्कृष्ट युवा दाङ पुरस्कार–२०२५बाट सम्मानपत्र, टफी र नगदसहित सम्मानित गरिएको थियो ।
कार्यक्रममा यज्ञ बहादुर बुढाथोकी स्मृति उत्कृष्ट सम्मानित युवाको तर्फबाट प्रदीप मज्यौया, युवाहरूको प्रतिनिधित्व गर्दै स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङका सभापति दिपेश डि.सी., दाङ महिला जेसीजकी अध्यक्ष अनिता ढकाल, पूर्वअध्यक्षको तर्फबाट २०१३ का अध्यक्ष दिपक श्रेष्ठ तथा पुरस्कार स्थापनाकर्ता मनोज बुढाथोकीले आ–आफ्ना शुभकामना मन्तव्यहरू राख्नुभएको थियो ।
यसैगरी, जेसी विवेक देवकोटाको आस्था पाठ, जेसी अभिषेक बोहराको मिसन–भिजन वाचन, कार्यक्रम संयोजक जेसी राजन घर्ती मगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण महासचिव कृष्ण देव थापाले गर्नुभएको थियो ।
JCI News Archive