ट्रेनिङ्ग म्याराथन २०२५ अन्तर्गत चाैथाे दिन “From Clicks to Courts” (Understanding Cybercrime and Legal Implications) सम्पन्न

2025-09-06

त्रिभुवननगर जेसीजले आयोजना गरेको ट्रेनिङ्ग म्याराथन २०२५ अन्तर्गत चाैथाे दिन “From Clicks to Courts” (Understanding Cybercrime  and Legal Implications) २०८२ भाद्र १९ गते बिहीबर घोराही स्थित राप्ति शिक्षा क्याम्पसमा सम्पन्न भएको छ। त्रिभुवननगर जेसीज वर्ष २०२५का अध्यक्ष टंक बहादुर रावत (अनन्त)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य माननीय अनिता देवकाेटा र प्रमुख प्रशिक्षक दाङ जिल्ला अदालतकी शाखा अधिकृत मञ्जु शर्मा रहनुभएकाे थियो । त्रिभुवननगर जेसीज तालिम प्रतिष्ठानका अध्यक्ष जेसी रजिव उल्लाह खानकाे अगुवाई तथा जेसी किरण गाैतमको आस्थापाठमा शुरु भएकाे प्रशिक्षण कार्यक्रममा संयोजक हिमाल केसीले स्वागत मनतव्य राख्नु भएकाे थियाे भने उद्घाटन सत्रकाे सहजिकरण महासचिव कृष्ण देव थापाले गर्नुभएको थियो ।

JCI News Archive