त्रिभुवननगर जेसीजले आयोजना गरेको ट्रेनिङ्ग म्याराथन २०२५ अन्तर्गत तेस्रो दिन "Spirituality: Science of Balanced Life" २०८२ भाद्र २० गते शुक्रबार घोराही स्थित पद्मोदय क्याम्पसमा सम्पन्न भएको छ। त्रिभुवननगर जेसीज वर्ष २०२५का अध्यक्ष टंक रावत (अनन्त)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी घोराही १७ का वडा अध्यक्ष राम लौटन चौधरी र प्रमुख प्रशिक्षकको रुपमा नेपाल संस्क्रित विस्वविध्यालयका प्राध्यपक तथा समाजसेवी किशोर चन्द्र गौतम रहनुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष निशान्त आचार्य र क्याम्पस प्रमुख किरण पौडेल महत्वपूर्ण भनाइ राख्नुभएको थियो । जेसी बिबेक देबकोटाको आस्थापाठ अगुवाई, जेसी किरण गौतमको मिसन भिजन वाचन, कार्यक्रम संयोजक जेसी गणेश ओलीको स्वागत मनतव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण महासचिव कृष्ण देव थापाले गर्नुभएको थियो ।