त्रिभुवननगर जेसीजद्वारा आयोजित सात दिने “तालिम म्याराथन–२०२५” सफलतापूर्वक सम्पन्न भएको छ। सातौँ दिनको कार्यक्रम त्रिभुवननगर जेसीजका अध्यक्ष टंक रावत (अनन्त)को अध्यक्षतामा तथा लुम्बिनी प्रदेश सभा सदस्य लोका कुमारी विकको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
अन्तिम दिन (भदौ २३ गते) त्रिभुवननगर जेसीज कार्यालयमा “माइन्यूट तथा प्रतिवेदन लेखन” विषयमा प्रशिक्षण दिइएपछि ‘तालिम म्याराथन–२०२५’ विधिवत् रूपमा समापन गरिएको हो।
जेसी रणबहादुर खड्का कार्यक्रम संयोजक रहेको उक्त प्रशिक्षणमा नेपाल संस्कृत विश्वविद्यालयका उप–प्राध्यापक दुर्गालाल केसी प्रशिक्षक रहनुभएको थियो।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष निशान्त आचार्य, त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष भोला नाथ अधिकारी, दाङ जिल्ला अदालतकी शाखा अधिकृत मञ्जु शर्मा, नेपाल संस्कृत विश्वविद्यालयका उप–प्राध्यापक किशोर चन्द्र गौतम, एक्यान दाङका अध्यक्ष सिए कैलाश खत्री, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, महेन्द्र बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्ष मनोज डीसहित अन्यको उपस्थिति थियो।
युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास तथा जेसीजको पहिचानलाई लक्ष्य राखी भदौ १६ देखि २३ गतेसम्म घोराहीस्थित विभिन्न शैक्षिक संस्थामा चरणबद्ध रूपमा यो तालिम सञ्चालन गरिएको थियो।
जेसी गणेश ओलीको आस्थापाठ अगुवाई, जेसी राजन घर्ती मगरको मिसन भिजन वाचन, कार्यक्रम संयोजक जेसी रण बहादुर खड्काको स्वागत मनतव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण महासचिव कृष्ण देव थापाले गर्नुभएको थियो ।