माडी जेसीज द्दारा ९५ युनिट रगत संकलन

2025-09-13



“Leadership for better society ” भन्ने नाराका साथ अघि बढिरहेको माडी जेसीजले भाद्र २७ शुक्रबार  गते माडी नगरपालिका ३ बसन्तपुरमा आयोजना गरेको खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।


देशभर नयाँ पुस्ता (Gen Z) को आन्दोलनमा घाइते भएका युवाहरूलाई तत्काल विशेष रक्तको आवश्यकता रहेको अवस्थामा, यो रक्तदान अभियान समयानुकूल मात्र नभई जीवनरक्षासँग प्रत्यक्ष सम्बन्धित मानवीय कदम बनेको छ।

माडी जेसीजका पदाधिकारीहरूले भने:

“मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो। यही हाम्रो आस्था हो, यही हाम्रो मार्गदर्शन हो। आज संकलित ९५ युनिट रगत जीवन रक्षाको महान् योगदान हो।”

कार्यक्रममा युवाहरू, सामाजिक अभियन्ता, व्यवसायी, महिला तथा विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सबै मिलेर गरेको यो योगदानले रक्तदान मात्र होइन, “एकता, मानवीयता र जेसीजको सामाजिक आस्था” प्रकट गरेको छ।

JCI News Archive