लहान सिटी जेसीजद्वारा सहिदहरूप्रति दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण

2025-09-16

जेनेजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरूप्रति लहान सिटी जेसीजले श्रद्धाञ्जली अर्पण गरेको छ। लहान सिटी जेसीजका अध्यक्ष देवन लाल ठाकुरको नेतृत्वमा आयोजित कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै मृतक आत्माको चिरशान्तिको कामना गरेका थिए।
अध्यक्ष ठाकुरले आन्दोलनमा प्राण गुमाएका वीर सहिदहरूको बलिदानलाई देशले सदैव स्मरण गर्ने उल्लेख गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे। उनले आन्दोलनका क्रममा जलेर नष्ट भएका सार्वजनिक सम्पत्ति चाँडै पुनःनिर्माण भई सर्वसाधारणले सहज सेवा लिन सक्ने विश्वास व्यक्त गरे। कार्यक्रममा स्थानीय समाजसेवी, व्यवसायी र युवाको उल्लेख्य उपस्थिति रहेको थियो।

JCI News Archive