पर्वत जिल्लाको उत्कृष्ट संस्था पर्वत जेसीजले जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन विष्टलाई एक विशेष कार्यक्रमका बीच बिदाइ गरेको छ । डिएसपी रविन विष्टले आफ्नो कार्यकालमा पर्वत जिल्लामा अपराध नियन्त्रण, सामाजिक सुरक्षा र समृद्धिका लागि महत्वपूर्ण योगदान दिनुभएको थियो । उहाँको कामकाजी सम्बन्ध र सहयोगको कदर गर्दै पर्वत जेसीजका अध्यक्ष, सदस्य र उपस्थित अतिथिहरूले उहाँलाई हार्दिक बिदाइ गरे ।
“आज हामी तपाईंलाई बिदाइ गर्दैछौं, तर हामी आशा गर्छौं कि भविष्यमा पुनः भेट हुनेछ । तपाईंको योगदानलाई यहाँका प्रत्येक नागरिकले सम्झिरहनु हुनेछ ।“ पर्वत जेसीजका अध्यक्षले उक्त कार्यक्रममा भन्नुभयो । कार्यक्रममा डिएसपी रविन विष्टले भन्नुभयो, “यहाँको समुदायसँग बिताएका क्षणहरू मेरो जीवनको अविस्मरणीय सम्झना बन्नेछन् । तपाईंहरू सबैको साथ र समर्थनको लागि म आभारी छु ।“
पर्वत जेसीजका सदस्यहरूले डिएसपी रविन विष्टलाई सम्मानपत्र, मायाको चिनो प्रदान गर्दै आगामी यात्रामा सफलता र समृद्धिको कामना गरे ।