JCI DAMAK ‘FRIENDLY FUTSAL TOURNAMENT’ JAYCEES WEEK 2025

2025-11-18

मिति २०८२ साल मंसीर २ गते मंगलबारका दिन दमक जेसीजको जेसीज सप्ताह २०२५ अन्तर्गत दोस्रो दिनको तेस्रो कार्यक्रम ‘FRIENDLY FUTSAL TOURNAMENT’ कार्यक्रम दमक-5 स्थित Beast Futsal मा दमक उद्योग बाणिज्य संघका अध्यक्ष आदरणीय गोपाल गुरागाईज्यूको प्रमुख आतिथ्यता साथै दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा अतिथिहरू दमक नगरपालिका ८ नं वडा कार्यलयका वडाध्यक्ष आदरणीय दिपेश दाहालज्यू, दमक उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष आदरणीय राजु खड्काज्यू, नेपाली कांग्रेस दमक नगर उपसभापति  आदरणीय सागर खनालज्यू, नेपाली कम्युनिष्ट पार्टी दमक नगर अध्यक्ष आदरणीय रबि बस्नेतज्यू, पत्रकार मन्च दमक अध्यक्ष आदरणीय कमन देवानज्यू, नेपाल प्रेश युनियन झापा जिल्ला अध्यक्ष  आदरणीय गिरिराज भट्टराईज्यू, दमक नपा ५ नं वडा कार्यलयका जनप्रतिनिधि  आदरणीय  खड्ग राईज्यू, दमक नपा खेलकुद बिकास समितिका अध्यक्ष तथा दमक जेसीजका पूर्ब अध्यक्ष  आदरणीय भीमराज चम्लगाईज्यू, नेपाल जेसीज बर्ष २०२५ का NATIONAL NGO/INGO COMMITTEE CHAIRPERSON तथा दमक जेसीजका पूर्ब अध्यक्ष आदरणीय कमल कट्टवालज्यू, पत्रकार सुजन गौतमज्यू लगायतको उपस्थिति रहेको थियो । FRIENDLY FUTSAL TOURNAMENT कार्यक्रममा ४ वटा समूहहरू सहभागि भएका थिए जसअन्तर्गत पहिलो खेल राजनितिक दल/स्थानिय जनप्रतिनिधि र दमक उद्योग बाणिज्य संघबीच खेल भएको थियो भने दोस्रो खेल दमक जेसीज र पत्रकारबीच खेल भएको थियो। यसरी आजको फाईनल खेल दमक उद्योग बाणिज्य संघ र पत्रकारबीच हुंदा दमक उद्योग बाणिज्य संघ बिजयी भई ट्रफी जित्न सफल भएको थियो ।यसरी आजको कार्यक्रम जेसीज सप्ताह २०२५का मूल संयोजक   कार्यकारिणी उपाध्यक्ष जेसी रूबल अधिकारी, कार्यक्रमका संयोजक  जेसी सुमन पौडेलको संयोजकत्वमा भएको थियो भने जनसम्पर्क अधिकारी जेसी बिशाल अधिकारीले जेसीज आस्था पाठ बाचन गर्नुभएको थियो। यसरी आजको कार्यक्रम सफलतापूर्बक सम्पन्न गरी समापन गरियो ।

जेसी राजेन्द्र बिमली                                   जेसी सहदेब भट्टराई

महासचिब                                                 अध्यक्ष,दमक जेसीज

   





JCI News Archive