दमक जेसीजको जेसीज सप्ताह २०२५ ‘MENTAL HEALTH AWARENESS TRAINING ’ कार्यक्रम ग्लोबल एजुकेशनल एकेडेमी दमकमा सम्पन्न

2025-11-21

मिति २०८२ साल मंसीर ३ गते बुधबारका दिन दमक जेसीजको आयोजनामा जेसीज सप्ताह २०२५ अन्तर्गत तेस्रो दिनको चौथो कार्यक्रम ‘MENTAL HEALTH AWARENESS TRAINING ’ कार्यक्रम दमक-६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीको सभा हलमा दमक नगरपालिका वडा नं ६ का वडाध्यक्ष आदरणीय टेक बहादुर थापाज्यूको प्रमुख आतिथ्यता साथै दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा ग्लोबल एजुकेशनल एकेडेमीका क्याम्पस प्रमुख आदरणीय गुणराज अधिकारीज्यू, दमक जेसीजका पूर्ब अध्यक्षहरू जेसीआई सिनेटर नेत्र प्रसाद चम्लगाईज्यू र जेसी सुयोग खरेलज्यू , दमक नपा कार्यपालिका सदस्य सिनेटर गौतम गुप्ताज्यू, सिनेटर राज कुमार भट्टराईज्यू, संचारकर्मीहरू  राजु निरौलाज्यू र रूबिश कार्कीज्यू लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमका chief facilitator (MBBS,MD & MPH from Kathmandu University) दमक अस्पतालका neuropsychiatrist consultant Dr.Shirshak Deep Shrestha ज्यूले क्याम्पसका +२ अध्ययनरत १२० जनाभन्दा बढी बिद्यार्थीहरूलाई मानसिक स्वास्थ्य सचेतना तालिम सम्बन्धी बिषयमा प्रशिक्षण गराउनुभएको थियो। कार्यक्रममा दमक जेसीजका पूर्ब अध्यक्ष जेसीआई सिनेटर नेत्र प्रसाद चम्लगांईज्यू लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । यसरी आजको कार्यक्रम जेसीज सप्ताह २०२५का मूल संयोजक दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी रूबल अधिकारी र आजको कार्यक्रमका संयोजक जेसी आभुषण भट्टराईको संयोजकत्वमा भएको थियो भने जनसम्पर्क अधिकारी जेसी बिशाल अधिकारीले जेसीज आस्था पाठ बाचन गर्नुभएको थियो। यसरी आजको कार्यक्रम सफलतापूर्बक सम्पन्न गरी समापन गरियो ।

     




जेसी राजेन्द्र बिमली                                                                                जेसी सहदेब भट्टराई

महासचिब,दमक जेसीज                                                                                      अध्यक्ष

JCI News Archive