दमक जेसीजको जेसीज सप्ताह २०२५ समापन छात्रवृत्ति हस्तान्तरणसँगै PRIVILEGE CARD अनावरण - राष्ट्रिय अध्यक्ष JCI Vice President जेसीआई सिनेटर रजनी थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न

2025-11-24
२०८२ साल मंसीर ५ गते शुक्रबारका दिन दमक जेसीजको आयोजनामा जेसीज सप्ताह २०२५ अन्तर्गत ‘SCHOLARSHIP HANDOVER ‘ र ‘CLOSING CEREMONY & PRIVILEGE CARD DISTRIBUTION’ कार्यक्रम दमक-७ स्थित दमक उद्योग बाणिज्य संघको सभा हलमा नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय अध्यक्ष तथा बर्ष २०२६ का लागि elect JCI Vice President जेसीआई सिनेटर रजनी थापाज्यूको प्रमुख आतिथ्यता साथै दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूको अध्यक्षतामा सम्पन्न भयो। Scholarship handover कार्यक्रम अन्तरगत सिनेटर राजकुमार भट्टराईज्यूले आफ्नो स्वर्गीय पिता गणेश बहादुर भट्टराईको स्मृतिमा स्थापना गर्नुभएको छात्रबृति कोष मार्फत दमक बहुमुखी क्याम्पसमा स्नातक तह बि.बि.एस दोस्रो बर्ष अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थी छात्रा दमक-१ निवासी लक्ष्मी कुमाललाई १ बर्षको शैक्षिक तथा भर्ना शुल्क बापतको रकम तथा छात्रबृति प्रमाणपत्र बितरण गरिएको थियो । त्यसैगरि PRIVILEGE CARD DISTRIBUTION कार्यक्रम अन्तरगत दमक जेसीजले पहिलो पल्ट PRIVILEGE CARD(सदस्य विशेष सुविधा कार्ड) जारी गरि प्रमुख अतिथिको हातबाट अनावरण गरियो जसमा सो कार्ड मार्फत दमक नगरपालिकामा सन्चालित बिभिन्न प्रकारका ब्याबसायहरूसंग (जस्तै होटल, रेष्टुरेन्ट, हस्पिटल, बिभिन्न ब्रान्डेड पसलहरु, हार्डवेयर, माबाईल पसल,आदि) छुट तथा बिभिन्न अफरहरू प्रदान गर्ने उद्धेश्यले दमक जेसीज र सम्बन्धित ब्याबसायहरूबीच सम्झौता गरिए अनुरुप सो PRIVILEGE CARD दमक जेसीजका पूर्ब अध्यक्षहरू, सिनेटरहरू तथा जेसीज सदस्यहलूलाई बितरण गरिएको थियो । त्यसैगरि कार्यक्रममा बर्ष २०२५ मा आवश्यक सम्पूर्ण प्रक्रियाहरू पूरा गरि सदस्यता प्राप्त गर्नुभएका नयां सदस्यहरूलाई प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापाज्यूले जेसीज पिन हस्तान्त्रण गर्नुभयो।साथै कार्यक्रममा दमक उद्योग बाणिज्य संघको तर्फबाट भर्खरै २०२६ का लागि elect JCI vice president सिनेटर रजनी थापाज्यूलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रममा बिशिष्ट अतिथिहरू दमक नगरपालिकाका उपप्रमुख /दमक जेसीजको पूर्ब अध्यक्ष आदरणीय रेगिना भट्टराई प्रसाईज्यू र नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य आदरणीय गोकुल श्रेष्ठज्यू, बिशेष अतिथिहरू दमक उद्योग बाणिज्य संघका अध्यक्ष आदरणीय गोपाल गुरांगाईज्यू र दमक जेसीजका पूर्ब अध्यक्ष/ बोर्ड अफ ट्रष्टिजका अध्यक्ष आदरणीय गन्ज बहादुर दाहालज्यू, अतिथिहरू नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईज्यू, नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकका सभापति आदरणीय प्रकाश बुढाथोकीज्यू, दमक बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष आदरणीय ढुण्डीराज भण्डारीज्यू, दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष आदरणीय रबि न्यौपाने केसीज्यू, नेपाल भारत मैत्री संघ दमक नगर अध्यक्ष आदरणीय दिनेश अग्रवालज्यू, नेपाली कांग्रेस दमक नगर उपसभापति आदरणीय युवराज सागर खनालज्यू, DPL राष्ट्रिय अध्यक्ष आदरणीय अनु भण्डारीज्यू, नेपाल जेसीज क्षेत्र ‘क’ तालिम आयुक्त आदरणीय खड्ग ब.थापाज्यू, ECAN झापा सचिब आदरणीय बिशाल सिटौलाज्यू, Allied English Boarding School का प्रिन्सिपल/ Pabson दमक नगर उपाध्यक्ष आदरणीय मित्र खत्रीज्यू, दमक नपा वडा नं ७ का जनप्रतिनिधि अतित बान्तावा राईज्यू, ॐ शान्ति डेन्टल हस्पिटलका सन्चालक कमल गैरेज्यू, दमक बहुमुखी क्याम्पस स्वबियू सभापति भुवन बस्नेतज्यू, मातृशाखा धरानका अध्यक्ष जेसी बिदुर थापाज्यू, दमक जेसीजका पूर्ब अध्यक्षहरू जेसी सन्तोष अधिकारीज्यू, जेसी सुयोग खरेलज्यू, जेसी चन्द्र खत्रीज्यू, जेसी सन्जिब बरालज्यू, निबर्तमान अध्यक्ष जेसी रामचन्द्र अधिकारीज्यू, जेसीजका बिभिन्न शाखाका अध्यक्ष तथा पूर्ब अध्यक्षज्यूहरू, दमक उद्योग बाणिज्य संघका बोर्डका पदाधिकारीज्यूहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सिनेटर राजकुमार भट्टराईज्यू, सिनेटर मैना दाहालज्यू, पत्रकार तथा संचारकर्मीहरु कमन देवानज्यू, गिरीराज भट्टराईज्यू, बिष्णु पौडेलज्यू, बिष्णु पोखरेलज्यू, अनिलदेब राईज्यू, सुजन गौतमज्यू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जेसीज सप्ताह २०२५का मूल संयोजक दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी रूबल अधिकारीले स्वागत मन्तब्य सहित जेसीज सप्ताहभरि सन्चालन गरिएका कार्यक्रम बारे प्रस्तुत गर्दै बिभिन्न कार्यक्रमका संयोजकहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने कार्यक्रमहरू Scholarship handover कार्यक्रमका संयोजक जेसी सुमन कुमाल र Closing ceremony & Privilege card distribution कार्यक्रमका संयोजक जेसी पंकज पोखरेलको संयोजकत्वमा भएको थियो । यसरी आजको कार्यक्रम सफलतापूर्बक सम्पन्न गरी समापन गरियो ।









जेसी राजेन्द्र बिमली
महासचिब,दमक जेसीज
JCI News Archive