भेरीगङ्गा जेसीज वर्ष २०२६ को प्रथम बोर्ड बैठक सम्पन्न

2026-01-11

छिन्चु, सुर्खेत
भेरीगङ्गा जेसीज वर्ष २०२६ को प्रथम बोर्ड बैठक अध्यक्ष जेसी श्याम बहादुर परियारको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ। बैठक "United Youth, Strong Community" भन्ने मुल नारा (Theme) मा केन्द्रित रही सञ्चालन गरिएको थियो।
बैठकका मुख्य निर्णयहरू तथा गतिविधिहरू:


* कार्ययोजना अनुमोदन: वर्ष २०२६ का लागि तय गरिएका विभिन्न कार्यक्रम तथा वार्षिक कार्ययोजनालाई बैठकले सर्वसम्मत पारित गरेको छ।


* लोम अफिसर तालिम: शाखाका पदाधिकारीहरूको क्षमता विकासका लागि 'लोम अफिसर तालिम' (LOM Officer Training) सञ्चालन गर्ने निर्णय गर्दै उक्त तालिमको मिति तय गरिएको छ।


* परिचयात्मक तथा व्यवसाय प्रवर्द्धन: बैठकमा सहभागी पदाधिकारीहरू बीच परिचयात्मक कार्यक्रमका साथै एक-अर्काको व्यवसाय प्रवर्द्धन (Business Promotion) का विषयमा छलफल गरिएको थियो।
साथै अन्य विभिन्न बिषय छलफल गरिएको थियो ।
अन्तमा ,
बैठकमा पूर्व अध्यक्षज्यूहरूको गरिमामय उपस्थिति रहेको थियो। अध्यक्ष जेसी श्याम बहादुर परियारले उपस्थित सम्पूर्ण पूर्व अध्यक्ष तथा बोर्ड पदाधिकारीहरूलाई तथा आज को बैठक का लागी ब्यानर सौजन्य गर्ने जनता उद्योग प्रा.लि लाई पनि धन्यवाद व्यक्त गर्दै बैठक समापन गर्नुभएको थियो।
मिति: २०८२ पौष २७ गते


JCI News Archive