पदस्थापना समारोह

2026-01-21

पदस्थापन समारोह

    २०८२ पौष १७ गते तदनुसार 1st January 2026 का दिन पोखरा लेडी जेसीज वर्ष २०२६ को पदस्थापन समारोह पाोखरा लेकसाइट स्थित Busy Bee Resort मा पोखरा लेडी जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी अनिता थापाज्यूको सभाध्यक्षता एवं नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय अध्यक्ष सिनेटर जिवन कार्कीज्यूको प्रमुख आतिथ्यता, पोखरा लेडी जेसीजका लागि निरुपित राष्ट्रिय  कार्यकारिणी उपाध्यक्ष जेसी सपना भण्डारीज्यूकको विशेष आतिथ्यता रहेको थियो । 

उपस्थित सम्पूर्णलाई पोर्टफोलियोनुसार आष्ण ग्रहण गराई सामुहिक राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा आस्थापाट जेसी सरिता भुजेलज्यूले राख्नु भएको थियो उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी सन्तोषि अर्यालज्यूले राख्नु भएकोे थियो । उक्त कार्यक्रममा ३ जना भाइ बहिनीहरुले स्वागत नृत्य प्रस्तुत गर्नु भएको थियो । 

उक्त समारोह प्रमुख आमन्त्रित व्यक्तित्वज्यूद्वारा पानसमा दीप प्रज्वलन गरी कार्यक्रम समुद्घाटन गरिएको थियो । साथै वर्ष २०२५ को स्मारिका विमाचन पनि गरियो । उक्त समारोहमा वर्ष २०२५ का अध्यक्षज्यूले पूर्व अध्यक्ष र आफ्नो बोर्डका साथीहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रममा आप्mनो मन्तव्य राख्नु भएको थियो । 

सपथ एवं जेसीज चेन र पिन हस्तान्तरण्

वर्ष २०२५ का अध्यक्ष जेसी अनिता थापाज्यूले वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष जेसी सुनिता गौतम भण्डारीज्यूलाई सपथ ग्रहण गराउनु भयो र अध्यक्ष जेसी अनिता थापा, पाोखरा लेडी जेसीजका पूर्व अध्यक्षज्यूहरु र मातृशाखा पोखरा जेसीजका अध्यक्ष जेसी भाइराज राना मगरज्यूले जेसी अनिता थापाको गलामा रहेको चादीको चेन र पिन वर्ष २०२६ का लागि निर्वाचीत अध्यक्ष जेसी सुनिता गौतम भण्डारीज्यूलाई लगाइदिनु भएको थियो । तत्पश्चात वर्ष २०२६ का अध्यक्षज्यूले आफ्ना बोर्डलाई सपथ ग्रहण गराई जेसीजको पिन र सिलमसिक्मा लगाइदिनु भएको थियो । 

२०२५ का अध्यक्षज्यूलो २०२६ का अध्यक्षज्यूलाई लगि सभाध्यक्षताको ग्रहण गराउनु भएको थियो । रवर्ष २०२५ का अध्यक्ष निवर्तमानको आषण गर्नु भयो । वर्ष २०२६ का अध्यक्ष जेसी सुनिता गौतम भण्डारीज्यूले आप्mनो एबिल या ब्अतष्यल  सहित आप्mनो भनाइहरु व्यक्त गर्नु भएको थियो । वर्ष २०२६ का लागि सहकार्य गर्नु हुने व्यवसायीक प्रतिष्ठानहरु सँग ःइग् हस्ताक्ष्र पनि गर्नु भएको थियो । 

वर्ष २०२६ का अध्यक्षज्यूले महत्वपूर्ण कार्यक्रम जुन गण्डकी क्षेत्र भित्रका १ महिला खेलाडी छात्राका लागि आवश्यक खेलकुद सामग्री, डाइट, लत्ताकपडा, जुत्ता र यातायातका लागि खर्चको रुपमा पोखरा लेडी जेसीजमा यामुना दीर्घकालि कार्यक्रम स्थापना गर्नु भयो । उक्त कार्यक्रम रु २ लाख को अक्षय कोष सञ्चालन गर्ने प्रण गर्नु भयो । 

तत् पश्चात पोखरा लेडी जेसीजका पूर्व अध्यक्षको तटर्फबाट श्री संगिता पौडेल, लेखनाथ जेसीजका अध्यक्ष जेसी कृष्ण तिवारी, पूर्व जेसीज उपाध्यक्ष सिनेटर राजु के.सी, निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी आरोग्य श्रेष्ठ, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी नमराज, निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सपना पौडेलज्यूले शुभकमामना मन्तव्य राख्नु भएको थियो । भने प्रमुख आमन्त्रित व्यक्तित्व राष्ट्रिय अध्यक्ष सिनेटर जिवन कार्कीज्यूले आप्mनो अमूल्य भनाई व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमा धन्यवाद सहि सभाध्यक्षको  मन्तव्यव्य वर्ष २०२६ का अध्यक्ष जेसी सुनिता गौतम भण्डारीज्यूले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन एवं समापन पोखरा लेडी जेसीज वर्ष २०२६ का महासचिव जेसी सिर्जना आले इसाज्यूले गर्नु भएको थियो । एक पद एक व्यक्ति एक कार्यकाललाई आत्मा साथ गर्दै पद र जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले राखिएको उक्त समारोह अतिनै सान्दर्भिकतापूर्व सम्पन्न भएको थियो |


JCI News Archive