“From Officer's to Change-Makers: Leading Change, Empowering Generations” विषयमा आधारित LOM Officers’ Training सफलतापूर्वक सम्पन्न भएको छ।

2026-01-24

बेनी, म्याग्दी ।

म्याग्दी जेसीजद्वारा “From Officer's to Change-Makers: Leading Change, Empowering Generations”विषयमा आधारित LOM Officers’ Training सफलतापूर्वक सम्पन्न भएको छ।


मिति २०८२ माघ १० गते तदनुसार २४ जनवरी २०२६ शनिबारका दिन बेनी नगरपालिका वडा ०७ को वडा सभा हलमा , From Officer's to Change-Makers: Leading Change, Empowering Generations विषयमा तालिमको शुभारम्भ म्याग्दी जेसीज वर्ष २०२६ का शाखा अध्यक्ष जेसी दिनेश कुमार विश्वकर्माज्यूको अध्यक्षतामा भएको थियो । व्यक्तिगत क्षेत्रका निरूपीत उपाध्यक्ष जेसी मन्जुर कटुवाल क्षेत्रीद्वारा जेसीज आस्था पाठको अगुवाई, व्यक्तिगत क्षेत्रका निरुपित कार्यकारिणी उपाध्यक्ष जेसी नबिन पौडेलले स्वागत मन्तव्य, महासचिव जेसी गोकुल विकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिम संयोजक जेसी सिर्जना थापा मगरज्यूले कार्यक्रमको संयोजन गर्नुभएको थियो। १२ जना पदाधिकारीहरुको सहभागिता रहेको उक्त तालिमको सक्षिप्त औपचारिक कार्यक्रम पश्चात् प्रमुख प्रशिक्षक सिनेटर धनञ्जयकुमार श्रेष्ठज्यूले प्रशिक्षण कार्य शुभारम्भ गर्नु भएको थियो ।


प्रशिक्षणमा प्रमुख प्रशिक्षक म्याग्दी जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसीजक पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जयकुमार श्रेष्ठ ज्यूले 'From Officer's to Change-Makers: Leading Change, Empowering Generations " शिर्षकमा, प्रशिक्षक बगलुङ जेसीजका पुर्व अध्यक्ष एवं नेपाल जेसीजका  पुर्व राष्ट्रिय कानुनी सल्लाहकार सुदिप राजभण्डरीज्यूले 'Point of order: where procedure meets principle ' शिर्षकमा, प्रशिक्षक म्याग्दी जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष जेसी सन्दिप खत्री ज्युले पदाधिकारीहरूको काम, कर्तव्य र अधिकारको शिर्षकमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो।


प्रशिक्षण पश्चात् सहभागीहरूलाई शाखा अध्यक्ष र प्रमुख प्रशिक्षक सिनेटर धनञ्जयकुमार श्रेष्ठ ज्यूबाट प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।  शाखा अध्यक्ष जसी दिनेश कुमार विश्वकर्माज्यूले प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरी धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नु भएको थियो 

JCI News Archive